Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भदौ २३ गते जेनजी पुस्ताले उठाएको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री खड्का


ग्लोबल पाना
बिहीबार , कात्तिक २० २०८२
  • 365
    SHARES

  • images
    भदौ २३ गते जेनजी पुस्ताले उठाएको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री खड्का

    काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा बोल्दै नेता खड्काले विस २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताउनुभएको हो ।

    images
    images
    images

    “नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशिल हुन्छ,”– उहाँले भन्नुभयो । उहाँले नेपाल एक सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो । नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने हुँदा सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने बताउनुभयो ।

    उहाँले सबै केन्द्रीय पदाधिकारी समेत वुथबाट प्रतिनिधी भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानूकुल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गर्नुभएको छ ।

    यसैगरी, पार्टीको महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन समिति गठन गर्नुपर्ने, राष्ट्रिय पुँजी निर्माणको नेतृत्व लिनका लागि पार्टीले सबैसँग सहकार्य गर्दे अगाडि बढ्नुपर्ने, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको हुँदा प्रष्ट नीतिसहित अन्तर्राष्ट्रिय सम्बन्धहरु बलियो बनाउन कांग्रेसले पहल गर्नुपर्नै धारणा बैठकमा राख्नुभयो ।

    पूर्व उर्जामन्त्री खड्काले गत भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिवारजनप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । उहाँले उक्त घटनामा पार्टीका पार्टीका आदरणीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाप्रति भएको सांघातिक आक्रमणको घोर भत्र्सना एवं निन्दा गर्दै यसप्रति पार्टीले समयमा बोल्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

    नेता खड्काले २३ गते जेनजी पुस्ताले उठाएको आवाजलाई पार्टीले सम्बोधन गर्नुपर्ने बताउनुभयो । यस्तै, उहाँले २४ गतेको घटना राष्ट्रमाथिको आक्रमण, लोकतन्त्र माथिको आक्रमण र बामे सर्दे गरेको नेपालको अर्थतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो । उक्त घटनामा संलग्न कांग्रेसीलाई पार्टी निष्काशन गर्दै सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग छ । उहाँले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन पार्टीले सुरक्षा निकायसँग मिलेर हरेक वडामा ‘नागरिक सुरक्षा समिति’ गठन गर्नुपर्ने बताउनुभयो ।

    २४ गतेको विध्वंस घटनालाई राष्ट्रमाथिको आतंकवाद हो भनी पार्टीले निर्णय गर्नुपर्ने उहाँको भनाई थियो । नेता खड्काले पुँजी पलायन हुन नदिन र आर्थिक सवलीकरणका लागि सबै उपायहरु अबलम्बन गर्नुपर्ने, वर्तमान सरकारलाई अवैधानिक सरकार रहेको घोषणा गर्दै संसदले चिन्ने एक स्वतन्त्र सरकार गठन गरी निर्वाचन प्रयोजन र शान्ति सुरक्षा कायम गराउने र २०८३ मंसीरमा निर्वाचन गर्नेगरी संसदमार्फत अनुमोदन सरकार गठन गर्नेगरी बैधानिकता प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले संसद पुर्नस्थापना गरी निर्वाचनका आवश्यक कार्य अनुमोदन गरी निर्वाचनलाई पनि वैधानिकता प्रदान गर्नुपर्ने, विषम परिस्थितीमा पनि राष्ट्रपतिले संविधानको रक्षक भएका नाताले संविधानको रक्षा गर्नुभएकोमा सम्माननीय राष्ट्रपति ज्यूलाई यस बैठकले धन्यवाद दिनुपर्ने बताउनुभयो ।

    उहाँले भ्रष्टचारमुक्त सुशासन कायम गरी कर्मचारीतन्त्रमा व्यापक सुधार एवम् जिम्मेवार बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने र पार्टी विभाजनको खतरालाई रोक्न सबै उपायहरु अबलम्बन गरी सहमति कायम राख्नुपर्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ