Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

क्यानडाको अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालका CEO शहदेव श्रेष्ठद्वारा सफल प्रतिनिधित्व


ग्लोबल पाना
आइतबार, कात्तिक २३ २०८२
  • 459
    SHARES

  • images
    क्यानडाको अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालका CEO शहदेव श्रेष्ठद्वारा सफल प्रतिनिधित्व

    मोन्ट्रियल, क्यानडा  नोभेम्बर ७, २०२५:  एक्स्पो मिडिया इन्कद्वारा आयोजित ३५औं अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शाे मोन्ट्रियल, क्युबेकमा भव्य रूपमा उद्घाटन भयो । विश्वकै चर्चित पर्यटन प्रदर्शनीमध्ये एक मानिने यस वर्षको मेलामा विश्वभरका करिब २०० अन्तर्राष्ट्रिय पर्यटन तथा ट्रेड संस्थाहरू सहभागी छन् ।

    images
    images
    images

    नेपालतर्फबाट यस वर्ष एभरेष्ट पायोनियर ट्रेक नेपाल एक मात्र प्रतिनिधि कम्पनीका रूपमा सहभागी भयो। कम्पनीले हिमाल, प्रकृति, संस्कृति र साहसिक पर्यटनमार्फत नेपाललाई उत्तर अमेरिकी बजारमा प्रभावशाली रूपमा प्रवद्र्धन गरिरहेको छ। पहिलो दिन मात्र १० हजारभन्दा बढी दर्शक प्रदर्शनी अवलोकन गर्न आए ।

    सीईओ शहदेव श्रेष्ठको नेतृत्वमा रहेको नेपाल पाभिलियनमा आगन्तुकहरूको आकर्षक भीड देखियो । धेरै पर्यटकहरूले नेपाललाई “एभरेष्टको देश, प्राकृतिक सुन्दरताको धरोहर” भन्दै प्रशंसा व्यक्त गरे । आगन्तुकहरूले नेपाल पर्यटनसम्बन्धी ई–फ्लायर, ब्रोशर र बिजनेस कार्ड संकलन गर्दा धेरैले भविष्यमा नेपाल भ्रमण गर्ने गहिरो चासो देखाए ।

    प्रदर्शनीमा प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहले नेपालमा साहसिक तथा सांस्कृतिक पर्यटनप्रति बढ्दो आकर्षण स्पष्ट भएको छ। सीईओ शहदेव श्रेष्ठले अन्तर्राष्ट्रिय मेलाहरूमा निरन्तर सहभागितामार्फत नेपालको पर्यटन प्रवद्र्धन र बजार विस्तार गर्ने कम्पनीको प्रतिबद्धता व्यक्त गरे । “विश्वको पर्यटन मञ्चमा नेपालको झण्डा बोकेर अघि बढ्नु हाम्रो गौरव र जिम्मेवारी हो,” उनले भने ।

    एभरेष्ट पायोनियर ट्रेक नेपालले सबै आगन्तुक, समर्थक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल— एभरेष्ट, संस्कृति र साहसिक पर्यटनको देश–लाई विश्वसामु अझ चिनाउने प्रतिवद्धता दोहोर्‍याएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ