Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन​ नवलपुर क्षेत्रीय स​मिति ग​ठ​न​


ग्लोबल पाना
आइतबार, कात्तिक २३ २०८२
  • 364
    SHARES

  • images
    साँगे सभ्यता संरक्षण तथा विकास अभियानको चितवन​ नवलपुर क्षेत्रीय स​मिति ग​ठ​न​

    चितवन । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा आज गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा चितवन–नवलपुर क्षेत्रीय संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्रका मूल वंशज, हाल चितवन–नवलपुर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरू, विवाहित छोरी–चेली र स्थानीय समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    images
    images
    images

    सहभागीहरूले अभियानका गतिविधि, उद्देश्य र संगठन विस्तारका आगामी योजनाबारे गहन छलफल गरेका थिए। सो अवसरमा रवि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय साँगे सभ्यता संरक्षण तथा विकास अभियान चितवन–नवलपुर कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा सह–संयोजक लक्ष्मी न्यौपाने, सचिव जीवन वाग्ले, कोषाध्यक्ष केशव राज काफ्ले रहेका छन।

    सदस्यहरूमा दधिराज वाग्ले, उर्मिला न्यौपाने, वासना पण्डित, प्रकाश भण्डारी, विष्णु वाग्ले घिमिरे, भगवती वाग्ले नेपाल र सागर काफ्ले रहेका छन। कार्यक्रम अभियानका केन्द्रीय संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कवि तथा साहित्यकार माधवप्रसाद भारद्वाज प्रमुख अतिथि र अग्रणी महिला भुवनेश्वरी अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।

    करीब डेढ सय सहभागीको उपस्थिति रहेको सो कार्यक्रममा महासचिव सरोज ओझा, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, इन्जिनियर ठाकुर प्रसाद पण्डित, र बाला शर्मा लगायतले अभियानका उद्देश्य र महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमले साँगे सभ्यता संरक्षण तथा विकास अभियानलाई स्थानीय तहमा सशक्त रूपमा विस्तार गर्दै सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने निर्णय गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ