Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने


ग्लोबल पाना
आइतबार, कात्तिक २३ २०८२
  • 386
    SHARES

  • images
    पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने

    दक्षिण कोरिया । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने भएको छ।

    images
    images
    images

    यस विशेष अवसरमा मन्त्री खरेलको प्रमुख आतिथ्यता रहनेछ भने कार्यक्रममा कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवाहरू र आम नेपालीको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका अनुसार, यस साक्षात्कार कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ।

    यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबीच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासङ्घले व्यक्त गरेको छ। कार्यक्रम आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको प्रसिद्ध सहर सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभाहलमा हुने आयोजक संस्थाले जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ