काठमाडौं । विश्व स्वतन्त्रता दिवसको अवसरमा आयोजित स्वतन्त्र नागरिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा GenZ नेतृत्वले देशको राजनीतिक र सामाजिक दिशाबारे कडा संदेश दिएको छ । कार्यक्रमका प्रमुख वक्ताहरूले नयाँ पुस्ताबीच एकता, जिम्मेवारी र प्रणालीगत परिवर्तनलाई अभियानको मुख्य लक्ष्य बनाउने घोषणा गरे ।
GenZ 2.0 का प्रवक्ता अबिन लिम्बूले भदौ २३ गतेका हत्याराहरुलाई पक्राउ गर्न आवश्यक परे संगठन सहयोग गर्न तयार रहेको बताए। उनले भने, “२३ गते नआइकन २४ गते आउँदैन। GenZ हरुबीच एकता गर्नुपर्छ, किनभने एकता नै विकल्प हो।” लिम्बूका अनुसार यो पुस्ता समस्याबाट भाग्ने होइन, समाधान खोज्ने पुस्ता हो ।
त्यसैगरी, GenZ युनाइटेड परिवर्तनकी ज्योती फुर्केलीले देशलाई निकास दिन चुनाव नै एकमात्र विकल्प भएको बताइन्। “निर्वाचनले मात्र देशलाई स्थिरता र समाधान दिन सक्छ। जनताको जनादेश नै अन्तिम बाटो हो,” उनले भनिन्। उता GenZ 2.0 का सदस्य सचिव कुन्दन कुसवाहाले GenZ आन्दोलनको मर्म परिवर्तनवादी सोच भएको उल्लेख गर्दै, “GenZ आन्दोलन निर्वाचनको लागि थिएन होइन, प्रणाली र सोच परिवर्तनको आन्दोलन हो,” भन्दै चेतावनी दिए ।
एनटेक GenZ का सुनिल सिंहले कर्णाली र सुदूरपश्चिममा चुनावी प्रक्रिया कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न उठाउँदै, “युवाले अब देश बेच्ने राजनीति सहने छैन,” भने । कार्यक्रमका वक्ताहरूले नयाँ पुस्ताबीचको साझा दृष्टि, जिम्मेवारी र एकताबाट मात्र देशले निकास पाउने निष्कर्ष निकाले ।
सम्मेलनमा सहभागी युवाहरूले ‘एकता, जिम्मेवारी र परिवर्तन’लाई आगामी अभियानको मुख्य दिशा बनाउने प्रतिवद्धता जनाए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


