Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टाेखा–८ मा सडक सुधार अभियान तीव्र, अध्यक्ष खत्रीकाे दिगो निर्माणमा जोड


ग्लोबल पाना
आइतबार, कात्तिक २३ २०८२
  • 454
    SHARES

  • images
    टाेखा–८ मा सडक सुधार अभियान तीव्र, अध्यक्ष खत्रीकाे दिगो निर्माणमा जोड

    टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ८ अन्तर्गत पर्ने साँङ्लेखोला करिडोर सडकको मनोहरा तिर्थ पुलदेखि इन्द्रेणी पुलसम्म कालोपत्रे गर्ने कार्य छिट्टै सुरु हुने भएको छ । वडा कार्यालयका अनुसार पछिल्लो दुई वर्षसम्मका लागि सडक खन्ने सिफारिस नगरिने जनाएको छ ।

    images
    images
    images

    कालोपत्रेपछि सडक खन्ने, ढल, खानेपानी लगायतका संरचना निर्माणका कारण सडक खण्डमा पर्ने क्षति रोक्ने उद्देश्यले यो निर्णय गरिएको हो ।

    वडा अध्यक्ष रमेश खत्रीले सडक दीर्घकालीन र गुणस्तरीय बनाउन यो निर्णय आवश्यक भएको र जनताको कर तथा सरकारी खर्चबाट निर्माण हुने संरचना पटक–पटक भत्किनु दुरुपयोग हो । अब काम व्यवस्थित रूपमा, समयमै र योजनाबद्ध भएर हुन्छ, उनले भने ।

    उनका अनुसार आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले स्थानीयलाई १५ दिनभित्र सिफारिसका लागि छुट समय दिइएको छ । त्यसपछि कुनै पनि कारण देखाई सडक खन्ने अनुमति नदिइने उनले स्पष्ट पारे ।

    खत्रीले थपे, “यो सडक वडा नं. ८ का धेरै बस्ती र व्यापारिक क्षेत्रमा राहत पुर्‍याउने छ। कालोपत्रेपछि धुलो, हिलो र दुर्घटना जोखिम कम हुनेछ । स्थानीयवासी, वडा नागरिक तथा निर्माण निकाय सबैको सहयोग मिल्यो भने काम छिटो र गुणस्तरीय रूपमा सम्पन्न हुन्छ ।”

    FB_IMG_1762702419923.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ