Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष सापकोटाद्वारा ‘घुमौँ रुविभ्याली’ म्यूजिक भिडियो सार्वजनिक


ग्लोबल पाना
सोमबार, कात्तिक २४ २०८२
  • 500
    SHARES

  • images
    पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष सापकोटाद्वारा ‘घुमौँ रुविभ्याली’ म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौँ । रुविभ्याली ट्रेकिङ रुटको प्रचार–प्रसार गर्ने उद्देश्यले तयार पारिएको म्यूजिक भिडियो ‘घुमौँ रुविभ्याली’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रमा शैक्षिक, स्वास्थ्य तथा रोजगारीका अवसरहरू बढाउँदै स्थानीय समुदायलाई सहयोग पुर्याउने लक्ष्यसहित स्थापना गरिएको 'हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)' को पहिलो परियोजना स्वरूप यो भिडियो सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    ट्रस्टका अध्यक्ष तथा गीतका रचनाकार रामप्रसाद सापकोटाका अनुसार, भिडियोले रुविभ्याली क्षेत्रको प्राकृतिक सुन्दरता, संस्कृतिको विविधता र पर्यटन सम्भावनालाई कथात्मक शैलीमा प्रस्तुत गरेको छ । धादिङ निवासी सापकोटा स्वयं पर्यटन व्यवसायी समेत रहेका छन् । धादिङको उत्तरी भूभाग समेट्ने रुविभ्याली ट्रेक काठमाडौंबाट नजिकै रहेको लोकप्रिय पदमार्ग हो ।

    गणेश हिमालको शिरदेखि नरसिंहधामको पाऊसम्मका बहुआयामिक दृश्य समेटिएको यस म्यूजिक भिडियोलाई पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने सापकोटाले अपेक्षा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि, साहित्यकार नवराज लम्सालले गीतले सिंगो रुविभ्यालीको जीवन, भू–दृश्य र सम्भावनाको प्रभावकारी चित्रण गरेको बताए । “धादिङ्गको वास्तविक सुन्दरता छायाँमा परेको रहेछ, अब यसलाई उजागर गर्न सबैले भूमिका खेल्नुपर्छ,” उनले भने ।

    विवेक सापकोटाको निर्देशनमा बनेको म्यूजिक भिडियो अल थ्री मिडियाले निर्माण गरेको हो । भिडियोमा सुधिर श्रेष्ठ र सगुन थापाको अभिनय छ । म्यूजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ