Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समाजसेवी रुपक लोहनीको अर्को पुण्य काम: गोसाईकुण्डमा २० किलो त्रिशूल चढाए


ग्लोबल पाना
मंगलबार, कात्तिक २५ २०८२
  • 932
    SHARES

  • images
    समाजसेवी रुपक लोहनीको अर्को पुण्य काम: गोसाईकुण्डमा २० किलो त्रिशूल चढाए

    नुवाकोट । अमेरिका निवासी समाजसेवी रूपक लोहनीले नेपाल भ्रमणको अवसरमा गोसाईकुण्डमा २० किलो तौलको त्रिशूल चढाएर धर्म, संस्कृति र समाजप्रतिको आफ्नो निष्ठा झल्काएका छन् । हिमालको काखमा अवस्थित गोसाईकुण्ड हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त पवित्र स्थल हो, र लोहनीको यस योगदानले यहाँको धार्मिक महत्त्वलाई अझ उचाइमा पुर्‍याएको छ ।

    images
    images
    images

    समाजसेवी लोहनीले विगतमा पनि दुप्चेश्वर धाममा ४ लाख बराबरको भव्य गणेश मूर्तिदान गरेका छन् भने चारवटा ढुङ्गेधाराको लागि ६० हजार भन्दा माथि सहयोग गरेका थिए । उनले नुवाकोट लगायत देशका विभिन्न विद्यालय र सामाजिक परियोजनाहरूमा निरन्तर सहयोग गर्दै आएका छन् । देश टाढा भए पनि आफ्नो मायालु मन र योगदान मार्फत उनी स्थानीय समाजको प्रेरणास्त्रोत बनेका छन् ।

    यसैगरी, नुवाकोटको विदुर–५ स्थित देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ ओटा पानीको फोहोरा सहित शिव कुण्ड निर्माण लोहनीकै पहलमा सम्पन्न भएको हाे । यस शिव कुण्डले धार्मिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले चर्चित यस क्षेत्रलाई थप आकर्षक बनाएको छ ।

    समाजसेवी लोहनीको धर्म, संस्कृति र समाजप्रतिको योगदान साँच्चै सराहनीय छ । उनी देश टाढा भए पनि आफ्नो कर्म र सोचले नेपाली समाज र सांस्कृतिक सम्पदाको गर्व बनेका छन् । उनका यी प्रयासहरूले केवल धार्मिक महत्वमा योगदान पुर्‍याएको मात्र हैन, युवाहरूमा समाजप्रतिको जिम्मेवारी र पुण्यकार्यको प्रेरणा पनि जगाउने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ