Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट : आज कार्यालय भवन उद्घाटन


ग्लोबल पाना
बुधबार, कात्तिक २६ २०८२
  • 402
    SHARES

  • images
    वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट : आज कार्यालय भवन उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।

    images
    images
    images

    नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भन्नुभयो, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ ।

    हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’ उहाँले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी दिनुभयो । भवन उद्घाटन अवसरमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. ९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्व योग्य काम भएको उल्लेख गर्नुभयो ।

    सेतो रङ्गको भवनलाई बिम्बका रुपमा प्रयोग गर्दै उहाँहरुले, भवनको रङ्गजस्तै सेवा पनि थप पारदर्शी र जवाफदेही हुँदै जाने बताउनुभयो । २०८० मंसिर २८ गते बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपियाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो ।

    २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको थियो । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा भवन निर्माण भएको हो । ४ तलाको भवन बागदरबारकै शैली र उचाइमा निर्माण भएको छ ।

    भवनको भित्री सुविधा आधुनिक छ । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यस तलाबाट सेवा प्रवाह हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिएको छ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष छ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष सञ्चालन गरिनेछ ।

    यही तलामा ५० जना अट्ने सभा कक्ष छ । वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र ववरमहलबाट नै सञ्चालन हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ