Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आयोगबाट प्रमाणपत्र ग्रहण, नाउपा नेपाल अब निर्वाचनमा सहभागी हुने बाटो खुला


ग्लोबल पाना
बुधबार, कात्तिक २६ २०८२
  • 967
    SHARES

  • images
    आयोगबाट प्रमाणपत्र ग्रहण, नाउपा नेपाल अब निर्वाचनमा सहभागी हुने बाटो खुला

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) निर्वाचन आयोगमा दर्ता भई अब आधिकारिक रूपमा मान्यताप्राप्त राजनीतिक दल बनेको छ । आयोगमा आयोजित औपचारिक कार्यक्रममा पार्टीका प्रतिनिधिहरूले दल दर्ता प्रमाणपत्र ग्रहण गरेका हुन् ।

    images
    images
    images

    दल दर्तासँगै नाउपा नेपाल अब देशभर संगठन विस्तार, सदस्यता अभিবृद्धि, नीतिगत प्रक्रिया र आगामी निर्वाचनमा सहभागी हुन सक्नेछ । पार्टीले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, न्याय र समानताको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी संरचना अनुसार रेशम चौधरी पार्टीका संरक्षक, कबिर साेब अध्यक्ष र अब्दुल खान पार्टीका वरिष्ठ उपाध्यक्षका हुन् ।

     
    संरक्षक चौधरीले भने, “न्याय र अधिकार खोजिरहेका जनताको भरोसाबाट जन्मिएको यो दल, अब विधिवत् रूपमा राज्यको संरचनामा प्रवेश गरेको छ । नागरिकका पीडा, समाजको आवाज र परिवर्तनको आकांक्षा बोकेर नाउपा नेपाल अघि बढ्नेछ ।” उनका अनुसार पार्टीले दलित, जनजाति, मधेसी, पिछडा वर्ग, सीमान्तकृत र उत्पीडित समुदायको सवाललाई नीति निर्माण तहमा पुर्‍याउने लक्ष्य लिएको छ ।

    त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष विगत देखि नै राजनीतिलाई सफा बनाउने, भ्रष्टाचार र अन्यायविरुद्ध कडा आवाज उठाउदै आएका व्यक्ति हुन् । उनका भन्छन् प्रत्येक जिल्लामा युवा–केन्द्रित संगठन विस्तार, आर्थिक–सामाजिक न्यायका अभियान र सुशासन अभिवृद्धिमा पार्टीले ध्यान दिनेछ ।

    दर्तापछि पार्टीले विभिन्न प्रदेश र जिल्लामा संगठन विस्तारलाई तीव्रता दिने योजना बनाएको छ । नाउपा नेपालले विपन्न, वञ्चित र उत्पीडित समुदायका आवाजलाई राज्यका नीति–निर्णयमा पुर्‍याउने लक्ष्य लिएको बताएको छ । दल दर्तासँगै वैकल्पिक राजनीतिको नयाँ गतिशील यात्राको सुरु भएको पार्टी नेतृत्वले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ