Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिगो पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन महासङ्घ र एभरेस्ट एलायन्स नेपालबीच सम्झौता


ग्लोबल पाना
शुक्रबार, कात्तिक २८ २०८२
  • 327
    SHARES

  • images
    दिगो पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन महासङ्घ र एभरेस्ट एलायन्स नेपालबीच सम्झौता

    काठमाडौं । दिगो पर्यटन प्रवद्र्धन, वातावरणको संरक्षण र सांस्कृतिक आदानप्रदानको लागि अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासङ्घ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन)बीच सम्झौता भएको छ । चीनको गुइझोउ प्रान्तमा बुधबार आयोजित कार्यक्रममा पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन एकसाथ काम गर्ने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो ।

    images
    images
    images

    सम्झौतापत्रमा एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल र अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासङ्घका महासचिव हे याफे (ज्भ थ्बाभष्) ले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताले पर्वतीय क्षेत्रहरूको संरक्षण र दिगो विकासका लागि विश्वव्यापी सहकार्यमा एउटा नयाँ ढोका खोलेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

    अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो भने एभरेस्ट एलायन्स नेपाल (इएन) नेपालको हिमाली क्षेत्र र वातावरण संरक्षणमा काम गर्दै आएको संस्था हो । सम्झौताअनुसार दुबै संस्थाले पर्वतारोहण अभियान सञ्चालन, साहसिक खेलकुद, उद्दार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नेछन् ।

    यस्तै, सम्झौतासँगै दुबै संस्था अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता, र दिगोपन तथा सांस्कृतिक समझदारी प्रवद्र्धन गर्ने सम्मेलनमा पनि भाग लिनेछन् । एभरेस्ट एलायन्स नेपालका अध्यक्ष नेपालले उक्त सहकार्यले विश्वभरका पर्वतीय क्षेत्रमा जिम्मेवार साहसिक पर्यटन र वातावरणीय संरक्षणको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    चीनको गुइझोउ प्रान्तस्थित गुइयाङ सहरमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ माउन्टेन टुरिज्म एण्ड आउटडोर स्पोट्र्स’को अवसरमा उक्त सम्झौता हस्ताक्षर गरिएको थियो । उक्त सम्मेलनमा विश्वभरका ३० देशका ३५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । सम्मेलनमा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासङ्घले नेपालको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थासँग पनि सम्झौता गरेको छ ।

    सम्मेलनमा नेपाल पर्यटन वोर्डका सदस्य एवम् नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटन क्षेत्रको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईँ, महासचिव युविका भण्डारी, सदस्य विदुर खतिवडा, नेपाल पर्वतारोहण संघ (एनएमए) का वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, महासचिव राजेन्द्र लामा, ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) पोखरा शाखाका अध्यक्ष धर्मराज पन्थीलगायतको सहभागीता रहेको थियो ।

    उक्त सम्मेलनमा नेपालको मुन्धुम ट्रेललाई बेस्ट हाइकिङ ट्रेलको अवार्डबाट सम्मान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ