Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सञ्चारकर्मी तथा समाजसेवी राजन थापालाई Best Recognition Award: नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न


ग्लोबल पाना
आइतबार, कात्तिक ३० २०८२
  • 620
    SHARES

  • images
    सञ्चारकर्मी तथा समाजसेवी राजन थापालाई Best Recognition Award: नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

    काठमाडौं । सामाजिक रूपान्तरणका लागि नागरिक समाज नेपालले आफ्नो १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड–२०८२ काठमाडौँको चावहिलस्थित चलचित्र विकास बोर्डमा विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना रहनुभयो भने सभापतित्व संस्थाका अध्यक्ष यामबहादुर जि.सी. ले गर्नुभयो।

    images
    images
    images

    समाजको वार्षिक समीक्षा तथा भविष्यका योजनाको प्रस्तुति समारोहमा संस्थाले विगत वर्षका गतिविधि, सामाजिक योगदान र उपलब्धिहरूको विस्तृत समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम तथा नीति–रणनीति प्रस्तुत गर्‍यो। उपसभामुख रानाले नागरिक समाजले १९ वर्षयता शिक्षा, स्वास्थ्य, जनचेतना तथा सामुदायिक रूपान्तरणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै भनिन्, “यस्ता सम्मान तथा अवार्ड कार्यक्रमहरू राज्यले प्राथमिकता दिनुपर्ने क्षेत्र भए पनि नागरिक समाजले प्रभावकारी रूपमा अघि बढाइरहनु अत्यन्त सराहनीय कार्य हो।”

    स्वास्थ्य सेवा पहुँच विस्तारका लागि MOU हस्ताक्षर कार्यक्रमकै अवसरमा नागरिक समाज नेपाल र ॐ समाज डेण्टल अस्पतालबीच स्वास्थ्य सेवा विस्तारको उद्देश्यसहित सहकार्य सम्झौता (MOU) हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार देशका विभिन्न स्थानमा निःशुल्क दन्त जाँच, स्वास्थ्य–सचेतना कार्यक्रम, सामुदायिक स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन गरिनेछ। सम्झौता नागरिक समाजका सल्लाहकारगण — डा. सुन्दर थापा, भिमसुवा गुरुङ, मनोहरी कँडेल, डा. मनोरदिन सैयद, रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी, याम श्रेष्ठ — को सान्निध्यमा सम्पन्न भएको थियो ।

    बिशिष्ट व्यक्तित्व, मानार्थ सदस्यता तथा अवार्ड वितरण समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित तथा योगदानकर्ताहरूलाई मानार्थ सदस्यता, विशेष सम्मान, तथा Best Recognition Award प्रदान गरिएको थियो । मानार्थ सदस्यता प्राप्त व्यक्तित्व डा. सुभास घिमिरे — वरिष्ठ चिकित्सक एवं ॐ समाज डेण्टल अस्पताल अध्यक्ष स्वास्थ्य सेवा, सामाजिक अभियान र दन्त–स्वास्थ्य विस्तारमा उल्लेखनीय योगदानको कदर गर्दै सम्मानित । क्याप्टेन विजय लामा — वरिष्ठ विमान चालक दीपक मलहोत्रा — वरिष्ठ व्यवसायी तथा समाजसेवी कलावती श्रेष्ठ — सामाजिक अभियन्ता एवं कलाकार डा. धनन्जय रेग्मी — वरिष्ठ पर्यटन व्यवसायी विशेष योगदानकर्ताहरूलाई सम्मान

    विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने निम्न व्यक्तित्वहरू सम्मानित भए: सोहन चौधरी, अमिर अधिकारी, चलचित्र निर्मात्री कल्पना के.सी., बिनोद श्रेष्ठ, पुरुषोत्तम पन्त, टिकाराम तिवारी, सिर्जना के.सी., होमनाथ शर्मा, राम पन्त, रिता राई, विनयजंग बस्नेत, विक्रम घिसिङ, याम नारायण मौली, डा. बद्री रिजाल, राज बस्न्यात, रामचन्द्र खड्का, बासु फुयाँल, राजु कार्की, बिनोद कार्की, देवकुमारी चौधरी, सञ्चारकर्मी राजन थापा, अधिवक्ता निराज खड्का, तेजनारायण चौधरी, बिजेन्द्र नौबागे, लिना सुबेदी, तिलबहादुर कार्की, सुमिना श्रेष्ठ, राधिका खड्का, लक्ष्मी थापा मगर, मिना थपलिया, धिप्री फिल्मस् (अनिल कटवाल) ।

    Best Recognition Award — सञ्चारकर्मी राजन थापालाई यस वर्षको Best Recognition Award सञ्चारकर्मी तथा सामाजिक अभियन्ता, साथै ॐ समाज डेण्टल अस्पतालका बोर्ड सदस्य राजन थापा लाई प्रदान गरिएको छ । थापाले सञ्चार क्षेत्रमा गरेको योगदान, स्वास्थ्य–सचेतना अभियान सञ्चालनमा सक्रियता, सामाजिक सेवामा निरन्तर संलग्नता जस्ता कार्यहरूको कदर गर्दै सम्मान पाउनु भयाे ।

    प्रतिस्पर्धात्मक राष्ट्रिय प्रतियोगिताका निर्णायक र विजेता सम्मानित राष्ट्रव्यापी रूपमा आयोजित प्रतियोगितामा निर्णायक सदस्यहरू मनोरदिन सैयद, पनाह अधिकारी, रुशिल अमात्य, शंकर रोक्का, दिवाकर भण्डारी “सापटेका” लाई प्रमाणपत्र प्रदान गरिएको थियो। विजेताहरूमा — रोहित कार्की (पर्यटन सेवा), बिद्या श्रेष्ठ (सौन्दर्यकला), बिमला कोईराला (सौन्दर्यविद्), सञ्जित भण्डारी, प्रकाश घिसिङ (मोडल), सूर्य कश्यप (संगीतकार), जयन्द्र चिलुवाल (अभिनेता), राजेन्द्र बजगाईं (संगीत/निर्देशन), प्रकाश के.सी. (मिक्सिङ–मास्टरिङ), सागरिका श्रेष्ठ (टीभी प्रस्तोता), भुवन प्यासी (आधुनिक गीत), सुनिल बि.क. (म्युजिक भिडियो निर्देशक) लगायत अन्य विजेता प्रतिभाहरूलाई अवार्ड प्रदान गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ