Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट


ग्लोबल पाना
सोमबार, मंसिर १ २०८२
  • 323
    SHARES

  • images
    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    सहरको चक्रीय अर्थव्यवस्थासँगै स्वच्छता, सरससफाइ र आपसी सम्बन्धका विषयमा कुराकानी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो । चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताउनुभयो ।

    images
    images
    images

    फोहरलाई कम्पोष्ट गरेर मल बनाउने, यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फल, फूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताउनुभयो । फोहरका रुपमा फालिएका कागज, प्लाष्टिक जस्ता बस्तु संकलन गरेर दैनिक उपभोग्य बस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकोले यसबाट स्थानीय आयमा टेवा पुगेको उपप्रमुख ंडंगोलले बताउनुभयो ।

    त्यस क्रममा राजदूत पुहाक्काले, आफूहरुले मधेश र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका लागि काम गरिरहेको बताउँदै महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । पिउने पानीको शुद्धता, सहरी वातावरण र स्वच्छतालगायत महानगरपालिकाले आवश्यकता महसुस गरेका क्षेत्रमा हाम्रो सहकार्य हुन सक्छ । राजदूतले धारणा राख्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ