Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पद्मकन्या कलेजको क्यान्टिनमा कमजोर खाद्य स्वच्छता : महानगर र गुण नियन्त्रण विभागको संयुक्त अनुगमन


ग्लोबल पाना
मंगलबार, मंसिर २ २०८२
  • 448
    SHARES

  • images
    पद्मकन्या कलेजको क्यान्टिनमा कमजोर खाद्य स्वच्छता : महानगर र गुण नियन्त्रण विभागको संयुक्त अनुगमन

    काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो । यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ ।

    images
    images
    images

    अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्नुहुन्छ, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो ।

    यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’ अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो । कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो ।

    भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पी. के. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ । कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट)मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिनुभयो । कमजोरी देखियो । यसलाई सुधार गर्छौँ । अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताउनुभयो ।

    अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र विक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो ।

    विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु विक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री वितरण गरेको पाइएकोले मिठाइजन्य वस्तु विक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ ।

    यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ