Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

थापाथली टेकुदोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल


ग्लोबल पाना
शुक्रबार, मंसिर ५ २०८२
  • 282
    SHARES

  • images
    थापाथली टेकुदोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कामलाई ठोस आकार प्रदान गर्न लागेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, थापाथली टेकु दोभानसम्मका सम्पदाहरुको संरक्षण, सम्बर्धन, रेखदेख तथा उचित प्रवन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताउनुभएको छ ।

    images
    images
    images

    बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरुसँग छलफल गर्दै उहाँले, परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिनेछ । २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनःनिर्माण सकेर गुठी संस्थानमा हस्तान्तरण भइसकेका सम्पत्तिको दिगो व्यवस्थापनबाट यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आपसी सहयोग, समन्वय र सहकार्यका लागि सम्झौता गरिनेछ संगतको भनाइ छ ।

    दुई पक्षका दायित्वका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक मस्यौदा तयार भएको छ । यसमा आपसी पृष्ठपोषणपछि निर्णय प्रक्रियामा लैजाने तयारी भएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो । भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकु दोभान नदी किनाराका सम्पदाहरुको ३ चरणमा पुनःनिर्माण गरिएको छ ।

    एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गरिएको छ । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो । यसअन्तर्गत पहिलो चरणमा ११ वटा र दोस्रो चरणमा १३ वटा संरचना पुनःनिर्माण सकेर गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् ।

    परियोजनाको पहिलो चरणमा ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपियाँ लागतमा पुनःनिर्माण गरिएको हो । यसबाट मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तलको पुनःनिर्माण भएको हो । दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपियाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका हुन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् ।

    त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् । तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपियाँ लागतको हो । यस चरणमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भएको हो ।

    २ किलोमिटर दुरीभित्र फैलिएको यो स्थानले महानगरका वडा नं. ११ र १२ गरी २ वटा वडा समेट्छ । यहाँ सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । यी भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यताहरु पर्यटन प्रवर्धनका लागि अमूल्य पूर्वाधार हुन् । यी मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् ।

    मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो, यो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ