Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बुढानिलकण्ठको मासिक सचिव बैठक : वडा अध्यक्ष पाण्डेले राखिन स्पष्ट धारणा


ग्लोबल पाना
शनिबार, मंसिर ६ २०८२
  • 1,210
    SHARES

  • images
    बुढानिलकण्ठको मासिक सचिव बैठक : वडा अध्यक्ष पाण्डेले राखिन स्पष्ट धारणा

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका सचिवज्यूहरूको नियमित मासिक बैठक आज नगरपालिकाकाे वडा नं–९ स्थित प्रशासनिक भवनमा सम्पन्न भएको छ। बैठक प्रमुख प्रशासकीय अधिकृत अजय बड्तौलाको अध्यक्षतामा बसेको थियो। बैठकमा नगरपालिकाका विभिन्न शाखा तथा महाशाखाका प्रमुखहरूको पनि सक्रिय उपस्थिति रहेको थियो। ‘मुस्कान सहितको सेवा प्रवाह’ अभियानलाई प्रभावकारी बनाउँदै छिटो, सहज र नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको यो बैठकमा वडास्तरमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत रूपमा खुला छलफल भएको बैठकमा सहभागीहरूले बताए ।

    images
    images
    images

    सरकारी सेवामा पारदर्शिता, उत्तरदायित्व र लामो समयदेखि भइरहेका प्रक्रियागत ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई अझ चुस्त–दुरुस्त बनाउने दिशामा बैठकले महत्वपूर्ण मार्गनिर्देशन दिएको छ । वडा नं–९ की वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले अवसर र सहभागिताप्रति आभार प्रकट गर्दै, सबै वडाले सहकार्य, समन्वय र सकारात्मक पहलका माध्यमबाट सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

    उनले नगरपालिकाको ‘मुस्कान सहितको सेवा’ अभियानले नागरिकले महशुस गर्ने खालको सेवा सुधार ल्याउने विश्वास समेत व्यक्त गरिन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ