Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नवलपरासीमा ‘डिग्निफाइड मेन्स्ट्रुएशन नेपाल’द्वारा तीनदिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न


शनिबार, मंसिर ६ २०८२
  • 404
    SHARES

  • images
    नवलपरासीमा ‘डिग्निफाइड मेन्स्ट्रुएशन नेपाल’द्वारा तीनदिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं — महिनावारीबारे खुला संवाद र सही ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले डिग्निफाइड मेन्स्ट्रुएशन नेपालले नवलपरासी जिल्लामा तीनदिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक १९, २० र २१ गते जनसेवा माध्यमिक विद्यालयको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो ।

    images
    images
    images

     

    कार्यक्रम अन्तर्गत किशोरीहरूलाई महिनावारीबारे खुलेर कुरा गर्ने वातावरण निर्माण गर्न, महिनावारी स्वास्थ्य, सरसफाइ, सुरक्षित अभ्यासन तथा मानव अधिकारसम्बन्धी आवश्यक ज्ञान प्रदान गरिएको संस्थाले जनाएको छ । साथै, प्रशिक्षकहरूले ‘Openly Talk with Girls about Menstruation’ शीर्षकमा सञ्चालन गरिएको सेसनमार्फत महिनावारीका बेला अपनाउनुपर्ने सावधानी, स्यानिटरी सामग्रीको सही प्रयोग, मानसिक–शारीरिक परिवर्तन तथा महिनावारीलाई सम्मानपूर्वक हेर्ने सामाजिक संस्कृतिबारे विस्तृत प्रशिक्षण दिए ।

     

    सहभागी विद्यार्थीहरूले “Menstrual Dignity”, “Menstruation is a Human Right” जस्ता संदेशसहित प्लेकार्ड प्रदर्शन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैले भूमिका निभाउनुपर्ने धारणा राखे । कार्यक्रमका क्रममा छोरीहरूले आफ्ना बाबु, दाजुभाइ तथा पुरुष साथीहरूसँग पनि महिनावारीबारे खुलेर कुरा गर्न सक्ने सुरक्षित वातावरण आवश्यक रहेकोमा विशेष जोड दिइयो ।

     

    डिग्निफाइड मेन्स्ट्रुएशन नेपाल लुम्बिनी प्रदेशका सदस्य जीवन तिमिल्सिना का अनुसार, “हाम्रो मुख्य प्रयास कुनै पनि महिलाले महिनावारीका कारण विभेद सहनु नपरोस् र ज्यान गुमाउन नपरोस् भन्ने हो ।” यसअघि जस्तै गोठमा राखेर सर्पले टोकेर निधन हुने दुखद घटनाहरू अब नदोहोरियोस् भन्ने उद्देश्यले समुदायमा गहिरो चेतना फैलाउने लक्ष्य कार्यक्रमले लिएको छ ।

     

    विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउने, महिनावारीबारे रहेको लाज–संकोच हटाउने र विद्यालयलाई अझै मैत्रीपूर्ण बनाउने विश्वास व्यक्त गरेको छ ।

     


    संस्थाले आगामी दिनमा नवलपरासीका अन्य विद्यालयहरूमा पनि निरन्तर प्रशिक्षण कार्यक्रम विस्तार गर्दै जाने जनाएको छ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ