धादिङ । राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल, धादिङ जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट लोकप्रिय युवा भजन गुरु निश्चल सिलवाल समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै जिल्लामा लोक भजनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेको छ ।
नव–निर्वाचित अध्यक्ष सिलवालले लोक सांस्कृतिक पहिचान जोगाउन संस्थागत पहललाई अझै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच, बाग्मती प्रदेश इन्चार्ज नवीन पौडेलले अध्यक्ष सिलवालसहित सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
उनले लोक भजन जस्ता मौलिक परम्पराको संरक्षणका लागि दक्ष र समर्पित नेतृत्व आवश्यक रहेको बताउँदै नयाँ समितिबाट सकारात्मक काम हुने आशा व्यक्त गरे । अधिवेशनमा धादिङका विभिन्न स्थानीय तहबाट आएका कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


