धादिङ । राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल, धादिङ जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन बाग्मती प्रदेश इन्चार्ज नवीन पौडेलको स्पष्ट नेतृत्वगत मार्गदर्शन र प्रेरणादायी उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनबाट लोकप्रिय युवा भजन गुरु निश्चल सिलवाल समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै जिल्लामा लोक भजनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेको छ । नव–निर्वाचित अध्यक्ष सिलवालले लोक सांस्कृतिक पहिचान जोगाउन संस्थागत पहललाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, कार्यक्रमका प्रमुख मार्गदर्शकका रूपमा रहेका बाग्मती प्रदेश इन्चार्ज नवीन पौडेलले अध्यक्ष सिलवालसहित सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले लोक भजनजस्ता मौलिक परम्पराको संरक्षणका लागि दक्ष, अनुशासित र दूरदर्शी नेतृत्व अनिवार्य हुने उल्लेख गर्दै नयाँ समितिबाट उल्लेखनीय काम हुनेमा विश्वास व्यक्त गरे ।
पौडेलको स्पष्ट दृष्टि, संयमित निर्देशन र संस्थागत विकासप्रतिको प्रतिबद्धताले अधिवेशनलाई अझ प्रभावकारी बनाएको थियाे । अधिवेशनमा धादिङका विभिन्न स्थानीय तहबाट आएका कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


