Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हुप्सेकोट गाउँपालिकाद्वारा दोस्रो म्याराथन प्रतियोगिता, ४० वर्षका सहभागी दुईजनाले पनि पाए पुरस्कार


ग्लोबल पाना
मंगलबार, मंसिर ९ २०८२
  • 284
    SHARES

  • images
    हुप्सेकोट गाउँपालिकाद्वारा दोस्रो म्याराथन प्रतियोगिता, ४० वर्षका सहभागी दुईजनाले पनि पाए पुरस्कार

    काठमाडौं । लैंगिंक हिंसाबिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । अभियानको पहिलो दिन आज नवलपरासी पूर्व (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाले म्याराथन प्रतियोगिता गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सामाजिक चेतना जगाउँदै आज दोस्रो म्याराथन कार्यक्रम गरिएको बताइन् ।

    images
    images
    images

    ‘कार्यक्रम सोचेभन्दा राम्रो भयो, सहभागीहरुको उत्साहले कार्यक्रमले थप सार्थकता पायो’ उनले भनिन् ‘यो अभियान १६ दिनमात्रै चलाएर हुँदैन, हामीले यस प्रकारका अभियान बेलामौका संचालन गर्दै आएका छौं ।’ अध्यक्ष पाण्डेले आजको प्रतियोगितामा ५३ जना महिलाको सहभागिता रहेको बताइन् । उनले प्रथम हुनेलाई १५ हजार रुपैंयाँ, दोस्रो हुनेलाई १० हजार रुपैंयाँ, तेस्रो हुनेलाई ५ हजार रुपैंयाँ, सान्त्वनास्वरुप चौथो हुनेलाई २५ सय रुपैंयाँ र दशौं स्थानसम्म आउनेलाई पनि एक हजार रुपैंयाँ र प्रमाणपत्र प्रदान गरिएको बताइन् ।

    ४० वर्षका सहभागी दुईजना सहभागीले पनि एक हजार रुपैंयाँ पुरस्कार र प्रमाणपत्र पाएका थिए । उनीहरुलाई प्रोत्साहनस्वरुप हौसला प्रदान गर्न पुरस्कार दिइएको अध्यक्ष पाण्डेले बताइन् । गतवर्षको म्याराथनमा ३२ जना सहभागी थिए । सहभागीहरुले ‘म हिंसा गर्दिन’, ‘म हिंसा सहन्न, ‘म हिंसाको प्रतिकार गर्छुं’ जस्ता नारा लगाएका थिए । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

    ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियानका रूपमा मनाउने गरेको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

    नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए पनि २०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ