Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश


ग्लोबल पाना
मंगलबार, मंसिर ९ २०८२
  • 323
    SHARES

  • images
    एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश

    काठमाडौं । नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। उहाँलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभयो ।

    images
    images
    images

    पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताउनुभयो। उहाँका अनुसार, सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुभएको हो।

    दुलाललाई नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ। मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ।

    साथै, तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ । दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ