Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वडा–२ सरसफाइ अभियान : वडाध्यक्ष धमेन्द्र श्रेष्ठको नेतृत्वमा ‘नमुना वडा’ निर्माणतर्फ निर्णायक पहल


ग्लोबल पाना
शुक्रबार, मंसिर १२ २०८२
  • 1,218
    SHARES

  • images
    वडा–२ सरसफाइ अभियान : वडाध्यक्ष धमेन्द्र श्रेष्ठको नेतृत्वमा ‘नमुना वडा’ निर्माणतर्फ निर्णायक पहल

    टोखा । टोखा नगरपालिकाले सुरू गरेको नियमित सरसफाइ अभियान अन्तर्गत यस हप्ता विशेष सरसफाइ कार्यक्रम टोखा–२ मा हुने भएको छ । फोहोर व्यवस्थापनका बढ्दो चुनौतीलाई ध्यानमा राखी वडालाई प्राथमिक क्षेत्रका रूपमा चयन गरिएको वडाले जनाएको छ ।

    images
    images
    images

    टोखा–२ का वडाध्यक्ष धमेन्द्र श्रेष्ठका अनुसार, साइडखोला तथा वरपरका नदी–नाला क्षेत्रमा देखिएको फोहोर समस्या दीर्घकालीन सहकार्यबिना समाधान नहुने भएकाले यस हप्ता व्यापक सरसफाइ कार्यक्रम सञ्चालन गरिँदै छ । श्रेष्ठले भने, “यो हप्ता टोखा–२ सफाइका लागि मुख्य केन्द्र हुनेछ । सामूहिक प्रयासमार्फत वडालाई थप सफा, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो लक्ष्य हो ।”

    वडा सचिव सानु श्रेष्ठले टोखा–२ लाई “नमुना वडा” बनाउने स्पष्ट लक्ष्यसहित सरसफाइ अभियानलाई व्यवस्थित र दिगो रूप दिन निरन्तर पहल गरिँदै आएको बताए । उनले जोड दिए, “सफा, अनुशासित र समुदायमैत्री वडा निर्माण हाम्रो प्राथमिक लक्ष्य हो । सरसफाइ अभियानलाई नियमितता, पारदर्शिता र समुदायको सक्रिय सहभागितासँग जोडेर नमुना वडा बनाउने योजनामा हामी दृढ छौं ।”

    अभियान सफल बनाउन वडाका सबै सदस्यहरू सक्रिय रूपमा संलग्न रहेको वडाले जनाएको छ । सदस्य सविना श्रेष्ठसहित अन्य सदस्यहरूले समन्वय, जनसहभागिता अभिवृद्धि तथा स्थानीय बासिन्दालाई अभियानमा सामेल गराउन उल्लेखनीय पहल गरेका छन् ।

    अभियानमा जनप्रतिनिधि, नगर कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, राष्ट्रिय रोजगार कार्यक्रमका श्रमिकलगायत सबै पक्षको सहभागिता रहनेछ । साथै विद्यालय, टोल विकास समिति र सामाजिक संस्थाहरूलाई पनि सक्रिय रूपमा सामेल गरिने वडाको भनाइ छ ।

    यस हप्ताको सरसफाइ अभियान मिति २०८२/०८/१३ गते शनिबार बिहान ६:४५ बजे टोखा–२ स्थित तलेजु परिसरबाट सुरु हुने वडाले जनाएको छ । वडा नं. २ ले स्थानीय बासिन्दालाई अभियानमा सहभागी भई “सफा टोखा–२, स्वस्थ समुदाय” बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ