Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको नयाँ कार्यसमिति गठन, अध्यक्षमा सञ्जेल र सचिवमा ओझा चयन


ग्लोबल पाना
शुक्रबार, मंसिर १२ २०८२
  • 462
    SHARES

  • images
    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको नयाँ कार्यसमिति गठन, अध्यक्षमा सञ्जेल र सचिवमा ओझा चयन

    काठमाडौं । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए। सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सअध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय तथा उद्यमशीलताको विकासका लागि क्लबले आयोजना गर्दै आएको कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाइने बताए। उनले डेरी क्षेत्रको समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमताको विकास तथा उद्यमीबीच सहकार्य सशक्त बनाउन क्लब सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

    images
    images
    images

    अध्यक्ष दाहालले नयाँ कार्यसमिति सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास व्यक्त गरे। क्लबका सदस्य, सरोकारवाला तथा अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममाझ चार्टर अध्यक्षमा रमेश सञ्जेल, उपाध्यक्षमा चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल , तथा सदस्यहरूमा टिका प्रसाद घिमिरे, दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीप प्रसाद धमला, यंक प्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे, पितम्बरी खतिवडा र माधव सिवाकोटीलाई औपचारिक रूपमा पदस्थापन गरिएको थियो।

    प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीहरूले आधुनिक प्रविधि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे। उनले अप्टिमिष्टि संरचनाले उद्यमीहरूमा नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापित गर्न गएको सकारात्मक भूमिकाको प्रशंसा गर्दै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउने सुझाव दिए। साथै उनले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिक नेपालकै नेतृत्वमा अघि बढेको भन्दै यो गौरवको विषय भएको चर्चा गरे ।

    विशेष अतिथि विजय सत्यालले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकले समुदाय विकास, नेतृत्व प्रशिक्षण, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले डेरी ईन्टरप्रेनर्स क्लबले गठन भएको छोटो समयमै कार्यक्षमता प्रदर्शन गरेको भन्दै आगामी दिनमा डेरी क्षेत्रमैत्री परियोजना, गोष्ठी र दिगो उद्यम प्रवद्र्धनमा सक्रिय भूमिका निभाउने अपेक्षा व्यक्त गरे। यसैबीच, नवनिर्वाचित चार्टर अध्यक्ष रमेश सञ्जेलले कार्यक्रममार्फत आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डेरी उद्यमीहरूको वास्तविक आवश्यकतामा केन्द्रित कार्यक्रम, सीप विकास प्रशिक्षण, बजार प्रवद्र्धनमा सहकार्य र सदस्यहरूबीच एकता सुदृढ बनाउने दिशामा आफू विशेष सक्रिय रहने प्रतिज्ञा गरे।

    उनले नयाँ कार्यसमिति समन्वय, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत क्लबलाई प्रदेश तथा राष्ट्रिय तहमा उदाहरणीय संस्थाको रूपमा उभ्याइने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ