Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रमुख शाहलाई पितृशोक : आजै पशुपति आर्यघाटमा अन्त्येष्टि


ग्लोबल पाना
सोमबार, मंसिर १५ २०८२
  • 290
    SHARES

  • images
    प्रमुख शाहलाई पितृशोक : आजै पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता डा. रामनारायण शाहको निधन भएको छ । पिसावमा समस्या देखिएपछि उपचारका लागि आइतबार विहान सवा १० तिर निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका डा. शाहको सघन उपचार कक्षमा उपचाररत अवस्थामा आज दिउँसो १२ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उहाँले, लामो समयदेखि मधुमेह र पिसाब सम्बन्धी समस्या झेलिरहनुभएको थियो ।

    images
    images
    images

    स्व. शाहको पार्थिव सरीरमा श्रद्धाञ्जली अर्पण गर्न उपसभामुख इन्दिरा राना मगर, सञ्चारमन्त्री जगदिश खरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्, खेलकुद मन्त्री बब्लु गुप्ता, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन आर्यघाट पुग्नुभएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारी अस्पताल पुग्नुभएको थियो ।

    त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट पुग्नुभएको थियो । श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकारहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । स्व. शाहको जन्म २००६ साल कार्तिक २० गते महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा भएको हो । ४ दाजुभाइ र १ जना बहिनीमध्येको उहाँ जेठो हुनुहुन्थ्यो । उहाँका ४ जना छोरी र २ जना छोरा हुनुहुन्छ । उहाँहरुमध्ये प्रमुख शाह कान्छो छोरो हुनुहुन्छ । सरकारी सेवामा डा. शाह अब्बल आयुर्वेद चिकित्सक हुनुहुन्थ्यो ।

    २०४३ सालमा सरकारी सेवामा प्रवेश गरेपछि उहाँले आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकासका पुर्याउनुभएको योगदान स्मरण योग्य छ । उहाँले आयुर्वेद विभागमा महानिर्देशक, सिंंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशक जस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेर सेवा गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ