Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गताप्रति स्वीकार्यता र सम्मानको शक्तिशाली स्वर : नीरा अधिकारी “शयली”


ग्लोबल पाना
बुधबार, मंसिर १७ २०८२
  • 806
    SHARES

  • images
    अपाङ्गताप्रति स्वीकार्यता र सम्मानको शक्तिशाली स्वर : नीरा अधिकारी “शयली”

    तिरस्कार, विभेद, उपहास होइनमाया , प्रेम, सद्भाव दिनुस् यो पाप होइन, यो श्राप होइन,अपाङ्गता मेरो स्वीकारिदिनुस् ।

    images
    images
    images

    म जस्तै सन्तान जन्मिनुमाकसरी दोषि हुन्छिन् आमा दायित्व बराबर बाबा आमाकोधिकार्दै गर्भ किन रुन्छिन् आमा ?

    नीराशा, तमासा, अपमान होइनआशा, भरोसा, सम्मान दिनुस् यो रहर होइन, आकांक्षा होइनअपाङ्गता मेरो स्वीकारिदिनुस् ।

    शिक्षामा पहुँच, अवसरमा पहुँचभएमा गन्तव्य भेटिन्छ रे    केही होइन भन्छन् चर्मका आँखामनले नै संसार देखिन्छ रे ।

    आँसु, बिलौना, लालछाना होइनखुशी, समभाव, सपना दिनुस् भवितव्य हो यो, अज्ञानता हो योअपाङ्गता मेरो स्वीकारिदिनुस् ।

    हात नहुँदा खुट्टाले लेखीसाहित्यका तारा बन्दैछन् यहाँ दृष्टिविहीन पुगे रे सगरमाथाक्षमता शून्य कोही हुन्न यहाँ ।

    दोष, अभाव, अवजश होइनआँट, उर्जा, हौसला दिनुस् मिसाइ आवाज अधिकारका लागि अपाङ्गता मेरो स्वीकारिदिनुस् ।

    रचयिता
    नीरा अधिकारी
    उप–सचिव
    महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ