Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रज्ञा प्रतिष्ठानमा झ्याउरे कविता विमर्श सम्पन्न : काव्य घरकी अध्यक्ष रेणुका भट्टराई संघर्ष यात्रा सम्झिँदै भावुक


ग्लोबल पाना
बुधबार, मंसिर १७ २०८२
  • 531
    SHARES

  • images
    प्रज्ञा प्रतिष्ठानमा झ्याउरे कविता विमर्श सम्पन्न : काव्य घरकी अध्यक्ष रेणुका भट्टराई संघर्ष यात्रा सम्झिँदै भावुक

    काठमाडौं । “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने मूल नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.को संयुक्त आयोजनामा आज झ्याउरे कविता विमर्श तथा झ्याउरे कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    प्रतिष्ठानस्थित देवकोटा सभाकक्षमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार, प्राज्ञ परिषद्का सदस्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, काव्य घरका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता काव्य घर नेपाल मिडिया प्रा.लि.की अध्यक्ष श्रीमती रेणुका भट्टराई ‘मञ्जरी’ले गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राई, सदस्य–सचिव डा. धनप्रसाद सुवेदी लगायत प्रतिष्ठानका विभागीय प्रमुख र प्राज्ञ परिषद्का सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्त्व प्रदान गरेको थियो । कार्यक्रमको प्रमुख बुँदा: स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे प्रकाश सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले राख्नुभयो ।

    समुद्घाटन सत्र कुलपति श्री भूपाल राईले ब्यानर पाठ गरेर गर्नुभयो । विचार प्रस्तुति प्रा.डा. रमेशचन्द्र अधिकारी र श्री हरि मञ्जुश्रीले झ्याउरे कविताको परम्परा, साहित्यिक महत्व र सांस्कृतिक परिचयबारे सारगर्भित विचार प्रस्तुत गर्नुभयाे । झ्याउरे कविता वाचन कलानिधि दाहाल, अमर अधिकारी, इन्दु पन्त, नरहरि प्रेमी, क्रान्ति पराजुली, चन्द्रा न्यौपाने, रण बहादुर बुढाथोकी लगायतका दर्जनौँ कविहरूले आफ्ना झ्याउरे कृतिहरू प्रस्तुत गर्दा सभाकक्षमा उत्साहपूर्ण वातावरण बनेको थियो ।

    मन्तव्य सत्रमा कुलपति श्री भूपाल राईले झ्याउरे कविताजस्तो मौलिक विधाको संरक्षण, प्रवर्द्धन र अध्ययन–अनुसन्धानमा प्रतिष्ठान निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमको समापन सभाध्यक्ष श्रीमती रेणुका भट्टराई ‘मञ्जरी’ले धन्यवाद ज्ञापन गर्दै काव्य घरले यहाँसम्मको यात्रा उहाँको विगतको संघर्ष, निरन्तर साहित्यिक कर्म र परिवार–समाजको बलिदानले सम्भव भएको उल्लेख गर्दा सभाकक्ष केही क्षण स्तब्ध रह्यो । आफ्नै सिर्जनात्मक मार्गमा बिताएका कठिन दिनहरू सम्झिँदै उहाँ भावुक बन्नुभएको थियो ।

    उहाँले भन्नुभयाे, “साहित्यसँगको सम्बन्ध मेरो जीवनको आधार हो । कहिले सम्झनुको पीडा, कहिले सिर्जनाको रमाइलो—यिनै उतारचढावले आजको मञ्जरी बनायो । झ्याउरे कविताको संरक्षण मेरो जिम्मेवारी मात्र होइन, मेरो आत्मीयता पनि हो ।”

    अन्त्यमा सभाध्यक्ष मञ्जरीले धन्यवाद ज्ञापनसहित सभाको समापन गर्दा पुनः आफ्नो यात्राबाट प्रेरित भावनात्मक आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण श्री गङ्गा खतिवडाले गर्नुभएको थियो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.ले यसप्रकारका कार्यक्रमले परम्परागत कविता रूपहरूलाई नयाँ पुस्तामा सम्प्रेषण गर्दै साहित्यिक जगतमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ