Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गोलन्जोरमा २३ गतेदेखि जुनार मेला हुने


ग्लोबल पाना
बुधबार, मंसिर १७ २०८२
  • 311
    SHARES

  • images
    गोलन्जोरमा २३ गतेदेखि जुनार मेला हुने

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार प्रबद्र्धन मेला हुने भएको छ । गाउँपालिकाले आयोजना गर्न लागेको मेला मंसिर २३ गतेदेखि ३ दिनसम्म चल्ने छ । गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारको खेती हुँदै आएको वडा नम्बर ४ मा मेला हुने बताए । मेला पहिलो पटक हुन लागेको हो ।

    images
    images
    images

    ‘यहाँ जुनारको राम्रो सम्भावना छ त्यो सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो ’ अध्यक्ष बरालले भने ‘मेलामा जुनारविज्ञका साथै सरोकारवालाको उपस्थिति हुने भएकाले पनि मेलाले सार्थकता पाउने विश्वास गरेका छौं ।’ उनले जुनारको प्रबद्र्धन गर्न र अन्तर्राष्ट्रिय बजारसम्म जुनारलाई पुर्याउन मेला प्रभावकारी हुने बताए । वागमति प्रदेशका कृषिमन्त्रीले मधुसुदन पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

    अध्यक्ष बरालले मेलाको अवलोकन गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष बरालले ३ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको बताए । अध्यक्ष बरालले आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेखालका अन्य कार्यक्रम सञ्चालन गर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ