काठमाडौं । विगत १२ वर्षमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको टोखा नगरपालिका आज १२औँ स्थापना दिवस उत्साह र गौरवका साथ भव्य रुपमा सम्पन्न भयाे । नगर सभाहलमा आयोजित मुख्य समारोहदेखि वडास्तरीय कार्यक्रम, विद्यालय गतिविधि, सांस्कृतिक धिमेबाजा, रक्तदान र सम्मान वितरणसम्म—सबै कार्यक्रम बहुआयामिक र जीवंत बनेका थिए ।
अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा अनुश्री मिश्र (फ्लोरोसेन्ट माध्यमिक विद्यालय) प्रथम, आरुश बुढाथोकी (बेबील्याण्ड) दोस्रो र धिरेन्द्र बुडा (धापासी) तेस्रो भए । धिमेबाजा प्रतियोगितामा सरस्वती धिमेखलले बाजी मारिन् ।
शैक्षिक उपलब्धिलाई सम्मान दिँदै एसईईमा ४ GPA ल्याउने विद्यार्थीलाई प्रतिव्यक्ति १० हजारसहित सम्मानपत्र प्रदान गरिएकाे थियाे । जालुपा र त्रियोग सामुदायिक विद्यालयलाई १०० प्रतिशत नतिजाका लागि विशेष सम्मान दिइएकाे थियो । स्थापना दिवसकाे अवसरमा नवजात शिशुको ‘बाल बचत खाता’मा ५/५ हजार रुपैयाँ जम्मा गर्दै नगरपालिकाले कल्याणकारी सेवामा नयाँ पहलको सुरुवात गर्यो ।
क्यान्सर, मुटु, मृगौला रोगी र न्यून–आय वर्गका नागरिकलाई आर्थिक सहयोग वितरण गरेकाृ थियाे । ९८ वर्षीय पहलमान सिंह थापा र १०४ वर्षीय दिलकुमारी लामिछानेलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएकाे थियाे । कर तिर्ने उत्कृष्ट योगदानका लागि ग्राण्डी इन्टरनेशनल अस्पताललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा टोखाको रूपान्तरणबारे मेयर प्रकाश अधिकारीले भने, “आधुनिक स्वास्थ्य, गुणस्तरीय शिक्षा र नागरिकमैत्री सेवा सँगसँगै हामीले सडक, विद्यालय र स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याएका छौं । डिजिटल हाउस नम्बर, दिगो सडकबत्ती र निःशुल्क स्वास्थ्य परीक्षण आगामी प्राथमिकतामा रहेका छन् ।”
त्यस्तै उपमेयर मुरारी तामाङले भने, “टोखामा १२ वर्षमै आमूल परिवर्तन भएको छ । शिक्षा, महिला र स्वास्थ्यका कार्यक्रमलाई परिणाममुखी रूपमा अघि बढाउँदै नगरको समृद्धि सुनिश्चित गरिनेछ ।”
कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विकास र समृद्धिको गति बढिरहेको उल्लेख गर्दै नगरका पूर्वाधार र सेवामा सुधारको प्रशंसा गरे । उनले नगरका पूर्वाधार, शिक्षा, स्वास्थ्य र राजश्व संकलन प्रणालीलाई व्यवस्थित बनाउँदै नागरिकमैत्री सेवा विस्तारमा विशेष ध्यान दिएकाे बताए ।
नगर स्थापना दिवसकाे अवसरमा बाेल्दै विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । १२औँ स्थापना दिवस विविध कार्यक्रम, सम्मान समारोह र समुदायसँगको उत्सवसहित भव्य रूपमा सम्पन्न भयो । यस अवसरले टोखाको समग्र विकास र सामाजिक प्रगतिको उज्ज्वल यात्रा अझ स्पष्ट बनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


