काठमाडौं । टोखा नगरपालिका–३ का वडाध्यक्ष रमेश डंगोलको सक्रिय समन्वय तथा नेतृत्वमा आज भुतखेल चौरदेखि पिगं द्यः मन्दिर परिसरसम्म सामूहिक सरसफाइ अभियान सम्पन्न भएको छ ।
‘बिदाको दिन’ हुँदाहुँदै स्वयं वडाध्यक्ष डंगोल टोलीसँगै मैदानमा उत्रिएर सहभागी बनेपछि अभियानमा थप ऊर्जा र उत्साह जागेको पाईएकाे छ । टोखा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नदी तथा नगर सरसफाइ अभियान’ ७७ औँ हप्तामा प्रवेश गरेको छ ।
यसपटकको अभियान वडा नं. ३ को भुतखेल चौर क्षेत्रमा केन्द्रित रहेर सञ्चालन गरिएको थियो । अभियानमा टोखा वडा ३ का जनप्रतिनिधिसँगै टोखा वडा ६ की वडाध्यक्ष शान्ता पौडेल, वडा ७ का नराेत्तम राना, वडा ८ का सदस्य अनुप राई, जनस्वास्थ्य निरिक्षक सन्जिव पट्टेलको उल्लेख उपस्थिति र सक्रियता विशेष देखिन्थ्यो ।
यसैगरी नेपाल पूर्व प्रहरी संगठन, हिमालयन वा.सं. प्रा.लि., टोखा बक्सिङ क्लब, सरस्वती स्वास्थ्य चौकी, नेपाल फुलवारी सेवा, टोखा–गोङबु सरसफाइ सेवा, मेरो वेस्ट म्यानेजमेन्ट सर्विस प्रा.लि. लगायतका संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सरसफाइकर्मी, स्थानीय युवा तथा समुदायको संयुक्त पहल भुतखेल मैदान आसपासको क्षेत्रलाई थप स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने अभियानमा स्वास्थ्य शाखाका कर्मचारीहरु, नगरप्रहरीहरु, पत्रकार तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।
सरसफाइ अभियानमा वडा ६ की वडाअध्यक्ष पौडेलले सरसफाइ अभियानलाई अन्तर वडागत सहकार्य र साझा उत्तरदायित्वको उदाहरणका रूपमा व्याख्या गर्दै नियमित सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने बताइन् ।
त्यस्तै, स्वच्छता सबैको साझा जिम्मेवारी हो । नियमित सरसफाइले समुदायमा सहकार्य र एकता बलियो बनाउँछ भन्दै वडा ७ का वडाअध्यक्ष नराेत्तम रानाले कार्यक्रमको समापन गरेका थिए । स्थानीयवासीका अनुसार यस किसिमका निरन्तर गतिविधिले समुदायमा स्वच्छता, जिम्मेवारी र सहकार्यको संस्कार झनै मजबुत बन्दै गएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


