Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेवा निवृत्त १३ जना स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित काठमाडौँ महानगरपालिकाको विदाइ सम्मान


ग्लोबल पाना
शनिबार, मंसिर २० २०८२
  • 213
    SHARES

  • images
    सेवा निवृत्त १३ जना स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित काठमाडौँ महानगरपालिकाको विदाइ सम्मान

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेवा निवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित सम्मान गरेको छ । २२ औँ राष्ट्रिय तथा काठमाडौँ महानगरपालिकाको १४ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसर पारेर राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । समारोहमा २ जना स्वयमसेविकाका हकवालालाई मरणोपरान्त सम्मान गरिएको थियो ।

    images
    images
    images

    महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले उहाँहरुलाई सम्मान गर्नुभएको हो । महिला स्वास्थ्य स्वयमसेविका रणनीतिबमोजिम ६० वर्षको उमेरसम्म सेवा गर्न पाइन्छ । यसपछि सेवा निवृत्त हुनेछ । त्यस अवसरमा हरेक वडाबाट एक जना स्वयमसेविकालाई ५ हजार रुपियाँसहित उत्कृष्ट स्वयमसेविका सम्मान प्रदान गरिएको थियो । सम्मानपछि कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका विना नेपालको स्वास्थ्य सेवा अपूर्ण छ ।

    प्रजनन स्वास्थ्य, बालबालिकाका खोप, अभियान तथा महामारीजस्ता समयमा आधारभूत स्वास्थ्य सेवा लिएर घरघरमा पुगेका कारण सबैको सेवामा पहुँच पुगेको हो ।’ जीवनभर सामाजिक सेवामा काम गरेपछिको निवृत्त जीवन आर्थिक रुपले शुन्य हुनेभयो । यसका लागि केही व्यवस्था गरिदिनुपर्छ, भन्ने कार्यक्रममा उठेको आवाजलाई सम्बोधन उहाँले भन्नुभयो, ‘सेवा प्रवेश, सेवामा रहँदाका दायित्व र सेवापछिको अवस्थालाई व्यवस्थापन गर्न कार्यविधि तर्जुमा गर्दैछौँ ।

    साझेदारहरुको साझा मत निर्माण भएपछि यसलाई पारित गराउने प्रक्रियामा लैजान्छौँ ।’ कार्यक्रममा उहाँले, स्वास्थ्य स्वयमसेविकाहरुको बिमा कार्यक्रम सम्बन्धी प्रस्तावलाई आगामी नगर सभामा लैजाने वचन दिनुभयो। ‘स्वयमसेविकाहरुको श्रम र सेवाको तुलना पैसा वा मूल्यमा तुलना हुन सक्दैन ।’ स्वास्थ्य शिक्षा समितिका संयोजक महर्जनले भन्नुभयो, ‘यो संवेदनशील सेवालाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ ।

    सरकार सेवा नागरिकको घरमा पु¥याउने सदभावना दूतहरुको योगदान सदैव कदर योग्य छ ।’ उहाँहरुले गर्नुभएको योगदानको चर्चा गर्दै वित्त समितिका संयोजक ईश्वरमान डंगोल, वडा नम्बर १६ का अध्यक्ष रोजिता श्रेष्ठले प्रतिकुल अवस्थामा पनि प्रोत्साहित भएर काम गर्ने स्वयमसेविकाहरुको कदर शव्दबाट प्रकट हुन नसक्ने बताउनुभयो । महानगरपालिकामा धेरै स्वयमसेविका भएका बेला ५५८ जना हुनुहुन्थ्यो । अहिले ४५३ जना सक्रिय हुनुहुन्छ ।

    विभागका प्रमुख दिपक के. सी. का अनुसार विभागले स्वयमसेविकाहरुको क्षमता विकास, असल अभ्यास, ज्ञान, सिप र अनुभवको आदानप्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । सहरी स्वास्थ्यमा काम गर्दाको अनुभव सुनाउँदै सेवा निवृत्त गीता थिङ् पौडेलले, ३० वर्ष काम गर्दा बल्ल बोल्ने अवसर प्राप्त गरेको बताउनुभयो । ‘अरुको सेवा गर्दागर्दै आफू वेसहारा हुनु पर्ने अवस्था नआओस् । यो विषयलाई नीतिगत ठाउँमा रहनेले विचार गरिदिनुपर्छ ।’ उहाँको भनाइ थियो ।

    महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका राष्ट्रिय रणनीति बमोजिम स्वयमसेविकाहरुबाट सेवा प्रवाह हुने गरेको छ । २०४७ सालमा पहिलो पटक जारी भएको रणनीति आर्थिक वर्ष २०६७÷०६८ सम्ममा पाँचौँ पटक पुनर्लेखन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत तथा जारी भएको थियो । २०६७ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेर २०७६ सालमा पहिलो संशोधन भएको छ ।

    समुदायभित्र आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन प्रतीकारात्मक र प्रवर्धनात्मक सेवा प्रवाह गर्नु स्वयमसेविका कार्यक्रम रणनीतिको उद्देश्य हो । स्थानीय तथा राष्ट्रिय स्वास्थ्य लक्ष्य प्राप्त गर्न सहयोग गर्ने उहाँहरुको मुख्य दायित्व हो । दिवस अवसरमा महानगरपालिकाको वडा उद्यम विकासमा आधारित एक वडा एक नमूना कार्यक्रमबाट उत्पादित बस्तुहरुको प्रदर्शन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ