Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इक्यानले एभरेष्ट होटलमा १६ औं इक्यान मेला लगाउने, विद्यार्थी र अभिभावकलाई सही सल्लाह लिन आग्रह


ग्लोबल पाना
आइतबार, मंसिर २१ २०८२
  • 330
    SHARES

  • images
    इक्यानले एभरेष्ट होटलमा १६ औं इक्यान मेला लगाउने, विद्यार्थी र अभिभावकलाई सही सल्लाह लिन आग्रह

    काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सोमबार (डिसेम्बर ८) शैक्षिक मेला लगाउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि मेला हुने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । यो इक्यानको १६ औं मेला हो । इक्यानले यसलाई ‘१६ औं मल्टीडेस्टिनेसन फेयर–२०२५’ भनेको छ ।

    images
    images
    images

    अध्यक्ष भट्टराइले यो मेला ऐतिहासिक हुने भएकाले पनि मेला भ्रमण गर्न र सही सल्लाह लिन सबैलाई आग्रह गरेका छन् । ‘यो मेलामा धेरै स्टलहरु रहने छन्, विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कुराकानी गर्न पाउने र आफ्ना जिज्ञासा पनि राख्न पाउने हुनाले पनि फेयर सबैका लागि उपलब्धीमूलक हुने छ’ अध्यक्ष भट्टराइले भने ‘हाम्रो काम विद्यार्थीले रोजेको देशमा पढ्न पठाउनका लागि शैक्षिक परामर्श दिने हो, फेयरमा धेरै देशका विश्वविद्यालयका प्रतिनिधिको पनि उपस्थिति हुने भएकाले पनि विद्यार्थीले चाहेको कुरा बुझ्न सजिलो हुने छ ।’ इक्यााले पटकपटक यस प्रकारको मेलाको आयोजना गर्ने गरेको छ ।

    इक्यानका कोषाध्यक्ष आशिक कार्कीले फेयरमा सहभागी हुन सबेलाई आग्रह गरेका छन् । ‘जुनसुकै देश र विश्वविद्यालय अध्ययन गर्न चाहनेका लागि पनि मेलाले सही सन्देश र सल्लाह दिने छ’ उनले भने ‘कहिलेकाहीँ हामीमाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ त्यो भनेको हाम्रो कारणले नभई विद्यार्थीको बुझाइको समस्याले हुन सक्छ ।’

    इक्यानले शैक्षिक परामर्श व्यवसायीसँग सम्बन्धित विभिन्न विषयमा सरकार र सरोकारवालासँग पनि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ