चितवन । सिर्जनशील समाज भरतपुर–४ चितवनको अधिवेशन तथा साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष श्री टीकाराम सापकोटाको सभापतित्व, भरतपुर–४ का वडा अध्यक्ष श्री अर्पण पोखरेलको प्रमुख आतिथ्यतामा तथा समाजका संस्थापक अध्यक्ष शिवप्रसाद बरालको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे हाे ।
कार्यक्रममा उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत मन्तव्य, महासचिव कविता शर्माले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष इश्वरी कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरूमा सहभागीसँग भएको छलफलपछि सभाले सर्वसम्मतरूपमा पारित गरेको छ । प्रमुख अतिथि वडा अध्यक्ष अर्पण पोखरेलले समाजले गर्दै आएको सामाजिक योगदानको प्रशंसा गर्दै स्थानीय निकाय सामाजिक संस्थाहरूसँग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि तथा संस्थापक अध्यक्ष शिवप्रसाद बरालले समाजको स्थापना उद्देश्य, यात्राका प्रमुख उपलब्धि तथा समुदायमा पुगेको प्रभावबारे प्रकाश पार्नुभयो । अध्यक्ष टीकाराम सापकोटाले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै समाजका गतिविधिबारे समग्र जानकारी प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन महासचिव कविता शर्माले गर्नुभएको थियो । यसपछिको चरणमा निर्वाचन समितिका नेत्रप्रसाद ढकाल र नेत्रप्रसाद पौडेलद्वारा निर्वाचन प्रक्रिया अघि बढाइयो ।
सर्वसम्मत रूपमा निम्न अनुसारको नयाँ कार्यसमिति चयन भएको छः
अध्यक्ष: इश्वरी कंडेल
निवर्तमान अध्यक्ष: टीकाराम सापकोटा
उपाध्यक्ष: हरिप्रसाद गुरागाई
महासचिव: सुरेश घिमिरे
सचिव: प्रदीप अर्याल
कोषाध्यक्ष: लक्ष्मी कंडेल
सदस्य: दिवाकर अधिकारी
सदस्य: रञ्जना कंडेल
सदस्य: तारा कंडेल
तत्पश्चात समापन कार्यक्रममा निवर्तमान अध्यक्ष टीकाराम सापकोटाको सभापतित्वमा निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्यो । साथै, नवनिर्वाचित अध्यक्ष इश्वरी कडेलले आफ्नो कार्यकालमा समाजलाई अझ सक्रिय, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। समापन कार्यक्रमको सञ्चालन निवर्तमान उपाध्यक्ष महेश्वर पोखरेलले गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


