Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षमा निधन


ग्लोबल पाना
आइतबार, मंसिर २१ २०८२
  • 265
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षमा निधन

    काठमाडौं, मंसिर २१ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ व्यक्तित्व नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आज आइतबार दुःखद निधन भएको छ । संस्थापनादेखि लामो समयसम्म बैंकको नेतृत्व सम्हाल्दै आएका मानन्धरको निधनलाई आर्थिक तथा बैंकिङ क्षेत्रमा अपूरणीय क्षति मानिएको छ ।

    images
    images
    images

    मानन्धरले सन् १९६९ मा भूमि सुधार तथा बचत निगममा शाखा प्रमुखका रूपमा सेवा यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनले राष्ट्रिय धानचामल कारखानामा प्रमुख कार्यकारी, कृषि विकास बैंकमा प्रथम श्रेणीको विभागीय प्रमुख तथा नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीमा महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) मा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकमा कार्यकारी सञ्चालक लगायत थुप्रै महत्त्वपूर्ण जिम्मेवारी वहन गरे ।

    उनले लुम्बिनी बैंक लिमिटेडका सीईओ, विश्व बैंकको जलविद्युत विकास कोषमा नेतृत्व भूमिका तथा नेपाल बङ्गलादेश बैंक हुँदै अन्ततः प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा समापन गरेका थिए । दीर्घ अनुभव, उत्कृष्ट नेतृत्व क्षमता र बैंकिङ क्षेत्रको विकासमा अतुलनीय योगदानका कारण मानन्धर नेपाली आर्थिक इतिहासका महत्वपूर्ण स्तम्भका रूपमा पहिचान भएका छन् । वहाँको देहावसानले नेपालले एक सक्षम, इमानदार र दूरदर्शी वित्तीय नेतृत्वकर्ता गुमाएको बैंकका सहकर्मी र निकटजनहरूले बताएका छन् ।

    प्राइम कमर्सियल बैंक लिमिटेडले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

    Screenshot_20251207_192246_Word.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ