काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले मंसिर २१, २०८२ मा केन्द्रिय मत्स्य पालन प्रवर्द्धन तथा संरक्षण केन्द्र, माछापोखरीको अवलोकन गर्नुहुँदै नेपालको मत्स्य उत्पादन तथा व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत समीक्षा र छलफल गर्नुभएको छ ।
भ्रमणका क्रममा मन्त्रीले नेपाली कृषकहरूको माछा उत्पादनमा लाग्ने उत्पादन लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा केन्द्रका प्राविधिक तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नुभयो। माछाको दाना उत्पादन सुधार, गुणस्तरीय नश्ल वा जातका भुरा माछाको विकास, व्यवस्थित ढुवानी, गुणस्तरीय बरफ उत्पादन, कच्चा पदार्थ स्वदेशमै उत्पादन, स्थिर विद्युत् आपूर्तिजस्ता विषयमा अध्ययन गरी छिटो प्रतिवेदन पेश गर्न मन्त्रीले निर्देशन दिनुभयो ।
मन्त्रीले नेपालमा मत्स्य उत्पादनको सम्भावना अत्यन्तै व्यापक रहेको उल्लेख गर्दै, उत्पादन तथा उत्पादकत्व वृद्धि गरेर खायन माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुसार केन्द्रले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयबाट आवश्यक नीतिगत सहयोग उपलब्ध गराइने पनि उनले बताउनुभयो । भ्रमणको क्रममा मन्त्रीले कालिमाटी फलफूल तथा तरकारी बजार अन्तर्गत माछापोखरी क्षेत्रमा रहेको बजार व्यवस्थापन र चोभारमा निर्माण गरिएको भवन संरचना समेत अवलोकन गर्नुभयो ।
चोभारस्थित संरचनामा देखिएका विवाद समाधानका लागि सरोकारवालासँग छलफल गरी छिटो समाधानका लागि पहल गर्न सम्बन्धित पक्षलाई मन्त्रीले निर्देशन दिनुभएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


