Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा हुने


ग्लोबल पाना
सोमबार, मंसिर २२ २०८२
  • 466
    SHARES

  • images
    १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा हुने

    काठमाडौं । रुपन्देही उद्योग संघको आयोजनामा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ तयार गरिएको महोत्सवबारे आयोजकले विस्तृत जानकारी दिएको छ। रुपन्देही उद्योग संघले २०४५ सालमा नेपालकै पहिलो औद्योगिक प्रदर्शनी आयोजना गरेको र २०५३ सालदेखि निरन्तरता दिँदै आएको छ ।

    images
    images
    images

    यसपटक बुटवलस्थित नव–निर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक संरचना, आकर्षक स्टल तथा सजावटसहित प्रदर्शनी सम्पन्न हुने जनाइएको छ । महोत्सवमा स्वदेशी उत्पादन, कृषि, पर्यटन र नयाँ प्रविधिसम्बन्धी सामग्री प्रदर्शनीका लागि १० वटा छुट्टाछुट्टै पेभिलियन रहनेछन्। स्वदेशी उत्पादनको प्रयोग र त्यसको बजार विस्तारलाई मुख्य उद्देश्य बनाइएको प्रदर्शनी मार्फत उपभोक्तामा स्वदेशी वस्तु प्रयोगकाे प्रवृत्ति बढाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।

    नेपाल उद्योग परिसंघले सञ्चालन गर्दै आएको ‘मेक इन नेपाल’ अभियानलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइनेछ। रुपन्देही उद्योग संघका अध्यक्ष तथा महोत्सव संयोजक कृष्ण प्रसाद पराजुलीले औद्योगिक क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले स्वदेशी उद्योगको संरक्षण, प्रवर्द्धन र विस्तारमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “हाम्रा प्रदर्शनीहरू सधैं नवप्रवर्तन र उदाहरणीय हुने गरेका छन्। यसपटकको प्रदर्शनीले स्वदेशी उत्पादनलाई अझ नजिकबाट उपभोक्तासम्म पुर्‍याउने, नयाँ उद्योग स्थापनामा प्रेरणा जगाउने र औद्योगिक सम्भावनाको पहिचानमा मद्दत गर्नेछ।” यस महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी, कन्फेक्सनरी, छाला–जुत्ता, सूचना प्रविधि लगायतका करिब ५०० स्टल रहनेछन्।

    करिब ८ लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान छ भने ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अपेक्षा राखिएको छ। प्रदर्शनीलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, आधुनिक गीत–संगीत, हास्य प्रस्तुति, स्थानीय कलाकारका कार्यक्रम, विद्यालयस्तरीय लोक–नृत्य तथा कलेज स्तरका वक्तृत्व प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक प्रमोशन कार्यक्रम लगायतका गतिविधि सञ्चालन गरिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ