Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ककनीमा पिच सडक पुगेपछि जनताबाट डा. प्रकाशशरण महतलाई भव्य स्वागत


ग्लोबल पाना
मंगलबार, मंसिर २३ २०८२
  • 364
    SHARES

  • images
    ककनीमा पिच सडक पुगेपछि जनताबाट डा. प्रकाशशरण महतलाई भव्य स्वागत

    ककनी । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ककनी पुगेपछि स्थानीयबासिन्दाले उनलाई उत्साहपूर्वक पुष्पवृष्टिसहित स्वागत गरेका छन्। झण्डै एक दशकभन्दा बढी समयसम्म अस्तव्यस्त सडकका कारण सास्ती व्यहोरेका ककनीबासीले आफ्नो घर–आँगनमै पिच सडक पुगेपछि खुशी व्यक्त गर्दै डा. महतप्रति कृतज्ञता प्रकट गरेका हुन्। नेपाली कांग्रेस ककनीले मंगलबार आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रानीपौवा पुगेका महतलाई स्थानीयले स्वतःस्फूर्त रूपमा स्वागत गरेका थिए।

    images
    images
    images

    ककनीका कांग्रेस नेता तथा कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै महतलाई निरीक्षण मार्ग हुँदै रानीपौवा पुर्‍याएका थिए। अन्तरक्रिया कार्यक्रममा डा. महतले अर्थमन्त्री रहेका बेला नै १ अर्ब ३२ करोड रुपैयाँको बजेट सुनिश्चित गरी बहुवर्षीय योजनाका रूपमा सडक निर्माण थालिएको उल्लेख गर्दै कार्य समापनको चरणमा पुगेको देखेर खुशी लागेको बताए। “म पहिलो पटक अर्थमन्त्री हुँदा यो सडकको पीडा देखेर १ अर्ब ३२ करोडको स्टिमेटअनुसार रकम विनियोजन गरेको थिएँ।

    तीन वर्षपछि आज योजना पूरा हुने अवस्थामा छ, म अत्यन्तै खुशी छु,” महतले भने। उनका अनुसार दोस्रो वर्षको बजेट ल्याउने मौका पाएको भए नुवाकोटमा अझ धेरै विकास हुन सक्ने थियो। ककनीसम्म पक्की सडक बनेसँगै पर्यटकको आकर्षण बढ्ने, गाउँ–बस्तीमा रोजगारी सिर्जना हुने र स्थानीय उत्पादन एक घण्टामै काठमाडौं पुर्‍याएर बिक्री गर्न सकिने परिस्थिति निर्माण भएको उनले बताए। महतले रानीपौवादेखि पिपलटारसम्मको सडक स्तरोन्नतीका लागि पनि पहल भइरहेको जानकारी दिए।

    नुवाकोटका हरेक पालिकामा कम्तिमा एक पक्की सडक र गाउँगाउँमा दुई–तीनवटा पक्की मोटरबाटो बनाउने लक्ष्य आफूले राखेको उनले स्पष्ट पारे। ककनी कांग्रेसका सभापति भाग्यश्री लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाका पूर्व अध्यक्ष नारायण पाण्डेलगायतको सहभागिता थियो।

    डा. महतको पालामै बालाजु–रानीपौवा सडकका लागि बजेट विनियोजन भएर काम अघि बढेको स्मरण गरियो, जसअनुसार अहिले रानीपौवासम्म कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ