Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ : वडाध्यक्ष महर्जन


ग्लोबल पाना
आइतबार, मंसिर २८ २०८२
  • 275
    SHARES

  • images
    योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ : वडाध्यक्ष महर्जन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्मपथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्तदास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जन, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार खगेन्द्र संग्रौला संयुक्त रुपमा पुस्तकहरु सार्वजनिक गर्नुभएको हो ।

    कार्यक्रममा कुलपति सुन्दरले, साहित्यकार मानन्धरकै कारणले अहिलेको सार्वजनिक स्थान प्राप्त गरेको उल्लेख गर्नुभयो । नेपाल भाषा, साहित्य र संस्कृति बचाउन मानन्धरले देखाउनुभएको बाटो अनुकरणीय रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा बोल्दै वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले भन्नुभयो, ‘वडाको अवस्थालाई हामीले तथ्यमा उतार्ने प्रयास गरेका छौँ ।

    यसले आवश्यकतामा आधारित विकास तथा सेवा प्रवाहको योजना तर्जुमा गर्न मद्दत गर्नेछ । बजेटको भार निर्धारण गर्न सहयोग गर्नेछ ।’ साहित्यकार मानन्धरका साहित्यिक र सामाजिक जीवनका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘करिब २०२३ सालतिरका वडाध्यक्ष मानन्धरको साहित्यिक जीवनजत्तिकै सामाजिक जीवन पनि अनुकरणीय छ ।’

    प्रोफाइलमा वडाभित्र बसोबास गर्ने स्थायी र अस्थायी मानिसहरुको संख्या, जातजाति, विभिन्न रोगबाट प्रभावित व्यक्तिहरुको संख्या र रोगको प्रकार, बेरोजगार व्यक्ति, स्वरोजगार व्यक्ति, अपाङ्गता भएका, विदेश पलायन भएका व्यक्तिहरुको संख्या समावेश गरिएको छ ।

    यस्तै घरपालुवा जनावर, सडक, मार्गको अवस्था, घर, भवन, मठमन्दिर, वहा, बही, इनार, चोकको संख्या र अवस्था, स्वास्थ्य सेवा प्रदायकहरुको स्थान र संख्या, रेष्टुरेन्ट, किराना पसल, कपडा पसलहरुको प्रकार र स्थान लगायत विवरणमा आधारित तथ्याङ्क प्रोफाइलमा समेटिएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

    कार्यक्रममा आयोगका सदस्य मानन्धर, दबुका केन्द्रीय अध्यक्ष बज्राचार्य र साहित्यकार संग्रौलाले साहित्यकार मानन्धरको साहित्यिक जीवन, बाल साहित्यमा उहाँको लेखन शैली र विशेषतालाई आयामिक प्रसङ्गका रुपमा चर्चा गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ