काठमाडौं । बालबालिका केन्द्रीत अनुसन्धानसम्बन्धी छलफल कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालबालिका केन्द्रीत अनुसन्धानको कानुनी आधार र राष्ट्रिय अभ्यासबारे कार्यपत्र प्रस्तुत गरे ।
त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयका निरीक्षक महेन्द्रबहादुर दर्नालले प्रहरीद्वारा अपनाइने प्रोटोकल, अनुसन्धान प्रक्रिया र हाल भइरहेका अभ्यासबारे जानकारी गराए । उनले “बालमैत्री वातावरण सिर्जना नगरी प्रभावकारी अनुसन्धान सम्भव हुँदैन” भन्दै प्रहरीभित्र पनि यससम्बन्धी क्षमता विकासलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले गरेकी थिईन् । मन्तव्यका क्रममा ढकालले बालमैत्री अनुसन्धान प्रणालीलाई संस्थागत गर्न यस्ता संवादहरू निरन्तर आवश्यक रहेको उल्लेख गर्दै भनिन् “बालमैत्री अनुसन्धान प्रणालीलाई संस्थागत गर्न यस्ता संवादहरू निरन्तर आवश्यक छ र बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी अनुसन्धान प्रक्रिया अघि बढाउन राज्यका सबै निकाय जिम्मेवार हुनुपर्छ” ।
ढकालले यस्ता छलफलले बालबालिकासँग काम गर्ने प्रक्रियामा पारदर्शिता, समन्वय र प्रभावकारिता बढाउने विश्वास व्यक्त गरिन। साथै उनले बालबालिकाको अधिकार संरक्षणका लागि राज्य, नागरिक समाज र सुरक्षा निकायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिईन् ।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने बताउदै उनले भनिन “बालबालिकासँग काम गर्दा उनीहरूको डर, पीडा र मनोभावनालाई बुझ्ने क्षमता अनुसन्धानकर्तामा हुनु जरुरी छ” ।
कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रमुख प्रहरी नायब उपरिक्षक ले “बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक छ” भन्दै यस्ता छलफलले व्यवहारिक सुधारमा सहयोग पुर्याउने बताए ।
साथै उनले बालबालिकाको उद्धारका लागि केन्द्रले सहजिकरण गर्न प्र्रहरीलाई कसरी सघाउदई आएको छ भन्ने बारे पनि प्रष्ट पारे । सो अवसरमा बाल सल्लाहकार समिति सम्बन्ध बालबालिकाहरुले बालमैत्री अनुसन्धान प्रक्रियाको सुनिश्चिताअको लागि आग्रह गरे । त्यस्तै सिविसकी टिम लिडर रुजा पोखरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै “नीति र व्यवहारबीचको दूरी घटाउन यस्ता बहुपक्षीय छलफल प्रभावकारी माध्यम हुन्” भन्दै व्यवहारमै बालमैत्री अभ्यास लागू गर्न जोड दिईन् ।
कार्यक्रमको सञ्चालन सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले गरेका थिए । कार्यक्रममा प्रहरी प्रधान कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरका नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरू, साइबर ब्युरो, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८, सञ्चारकर्मी, बाल सल्लाहकार समितिका पदाधिकारी तथा आयोजक संस्थाका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सो क्रममा सहभागीहरुले काननी प्रक्रिया साथै कार्यान्वयनका जटिलता बारे पनि आआ आफनो तर्फबाट अनुभव एवम सुझाव पेश गरेका थिए । कार्यक्रमको उद्देश्य बालबालिका केन्द्रीत अनुसन्धानमा भइरहेका अभ्यासहरूमाथि छलफल गर्नु, प्रहरीले अपनाइरहेका प्रोटोकल तथा वर्तमान अभ्यासबारे जानकारी आदानप्रदान गर्नु, बालमैत्री प्रक्रियामार्फत अनुसन्धान विधि प्रभावकारी बनाउने उपाय खोज्नु र बालबालिकासँग काम गर्दा देखिने चुनौती तथा अवरोधहरूको समाधानबारे विमर्श गर्नु रहेको थियो ।
कार्यक्रमको आयोजना राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको हो भने सामाजिक सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)ले समन्वय गरेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


