काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीहरुले विश्वकीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम भएको बताउनुभएको छ । आजबाट सुरु भएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद ‘नन–स्टप म्याराथन टिभी टक शो’ को उद्घाटन गर्दै मन्त्री खरेलले नेपालीहरुले विभिन्न क्षेत्रमा कायम गरेको विश्वकीर्तिमानीले नेपालको पहिचान र स्वाभिमान विश्वभर छाएको बताउनुभयो ।
युवा पत्रकार गौरब पौडेलले गिनिज वुक अफ वल्र्ड रेकर्डस कायम गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा नन–स्टप म्याराथन टिभी टक शो सञ्चालन गर्नुभएको हो । प्राइम टेलिभिजनमार्फत निरन्तर टेलिभिजन संवाद कार्यक्रम सुरु गरिएको छ । निरन्तर टेलिभिजन संवाद कार्यक्रमको उद्घाटनसँगै सञ्चारमन्त्री खरेलले पहिलो अन्र्तवार्ता दिनुभएको छ ।
उहाँले पत्रकार पौडेलको १०० घण्टा निरन्तर टिभी संवादको लगन, मेहनत र साहसिक कदमप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“नेपालीहरुसँग जन्मजातै क्षमता छ, हामी असाध्यै सहनशिल छौँ, सहनसक्ने क्षमता पनि नेपालीहरुमा छ । त्यसैले कतिपय विश्वविख्यात कामहरु गर्ने हिम्मत र साहस नेपालीहरुले गर्नसक्छन् । त्यसैगरी तेञ्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेको रेकर्डछ ।”
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री साथै पूर्व सञ्चारकर्मी रवि लामिछानेले पनि ६२ घण्टा निरन्तर अन्तर्वाता लिएर गिनिजबुक अफ वल्र्ड रेकर्ड बनाउनुभएको थियो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“विश्वकीर्तिमानीले नेपालीको पहिचान र स्वाभिमान विश्वभर छाएको थियो ।
७३ घण्टाको रेकर्ड कस्ले तोड्ला, यो नेपालबाटै होलाकी नहोला भन्ने लागेको थियो । आज पत्रकार गौरव पौडेलले हिम्मत गर्नुभएको छ । अग्रिम बधाईकासाथ शुभकामना व्यक्त गर्दछु ।” मन्त्री खरेलले निरन्तर टिभी सम्वाद कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । पत्रकार ऋषि धमला र अभियान्ता दुर्गा प्रसाइले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
निरन्तर टेलिभिजन संवाद कार्यक्रमका सञ्चालक गौरब पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्व सामु चिनाउने उद्देश्य कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।
#global photo bank
.gif)




 x 450 (H) Global Pana.jpeg)


