Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

२६औँ मातृभाषा साहित्य श्रृङ्खलामा एलिना राईद्वारा बाम्बुले राई भाषामा कविता वाचन


ग्लोबल पाना
बुधबार, असोज ८ २०८२
  • 150
    SHARES

  • images
    २६औँ मातृभाषा साहित्य श्रृङ्खलामा एलिना राईद्वारा बाम्बुले राई भाषामा कविता वाचन

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा सम्पन्न २६औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा एलिना राईको कविता वाचन विशेष आकर्षणको रूपमा प्रस्तुत भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभागृहमा सम्पन्न कार्यक्रममा एलिना राईले बाम्बुले राई भाषामा कविता वाचन गर्दै मातृभाषा साहित्यको सौन्दर्य, भाव र पहिचानलाई प्रभावकारी रूपमा उजागर गरिन् । उनको प्रस्तुति श्रोतामाझ भावनात्मक र अर्थपूर्ण बनेको थियो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले व्यानर पाठ गरी गरेका थिए । सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित साझा पत्रिका ‘सिरुवा–जातिरि’ (झापा, मोरङ र सुनसरीका १० आदिवासी समुदायका भाषाहरू समेटिएको) पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै मातृभाषा साहित्य श्रृङ्खलाको निरन्तरता, महत्व र भाषिक विविधताको संरक्षणमा यसको भूमिकामाथि प्रकाश पारेका थिए ।

    एलिना राईसँगै कर्ण दयाल सौराडीले बैतडेली भाषा र डेण्डी शेर्पाले शेर्पा भाषामा कविता वाचन गरेका थिए । यस्तै, तेजेन्द्र ताजपुरियाले ताजपुरिया भाषा र डा. विष्णु कुमार सिङ्जालीले मगर ढुट भाषामा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र भविष्यका सम्भावनाबारे विचार राखेका थिए ।

    कार्यक्रमको अध्यक्षता साहित्य (मातृभाषा) विभागका प्रमुख राजन मुकारुङले गरेका थिए। कार्यक्रममा मातृभाषा साहित्यको महत्व, यसको प्रवर्द्धन र संस्थागत विकासका विषयमा व्यापक छलफल गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ