काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा सम्पन्न २६औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा डेण्डी शेर्पाले शेर्पा भाषामा कविता वाचन गर्दै विशेष ध्यान आकर्षित गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभागृहमा सम्पन्न कार्यक्रममा मातृभाषामा कविता वाचन, सिर्जनात्मक प्रस्तुति तथा संवाद गरिएको थियो ।
शेर्पा भाषामा प्रस्तुत गरिएको डेण्डी शेर्पाको कविता वाचनले मातृभाषा साहित्यको सौन्दर्य, मौलिकता र भावनात्मक गहिराइ उजागर गरेको सहभागीहरूको भनाइ थियो । कार्यक्रमको उद्घाटन कुलपति भुपाल राईले व्यानर वाचनमार्फत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित साझा पत्रिका ‘सिरुवा–जातिरि’ सार्वजनिक गरेका थिए ।
उक्त पत्रिकामा झापा, मोरङ र सुनसरीका १० आदिवासी समुदायका भाषाहरू समेटिएका छन् । समारोहमा एलिना राईले बाम्बुले राई भाषा, कर्ण दयाल सौराडीले बैतडेली भाषामा कविता वाचन गरेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


