काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्य संवाद श्रृंखला’को २५औं संस्करणमा थुलुङ र चेपाङ भाषाको साहित्यिक अवस्थामाथि विशेष केन्द्रित विमर्श गरिएको छ । देवकोटा सभाकक्षमा सम्पन्न ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रममा यी दुई मातृभाषाका साहित्यिक चुनौती, सम्भावना र भावी दिशाबारे कार्यपत्र प्रस्तुत गरिएको हो ।
कार्यक्रममा थुलुङ भाषाको साहित्य विषयक कार्यपत्र जसिहब थुलुङले प्रस्तुत गर्दै थुलुङ भाषामा मौखिक साहित्यको समृद्ध परम्परा भए पनि लिखित साहित्य, अभिलेखीकरण र प्रकाशनमा अझै चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले भाषा संरक्षणका लागि स्थानीय समुदाय, विद्यालय शिक्षा र राज्यको नीतिगत सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो ।
त्यसैगरी चेपाङ भाषाको साहित्य विषयक कार्यपत्र नेपोेलियन चेपाङले प्रस्तुत गर्दै चेपाङ समुदायको जीवन, संस्कृति र भोगाइ साहित्यमा पर्याप्त रूपमा अभिव्यक्त हुन नसकेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई मातृभाषा साहित्यतर्फ आकर्षित गर्न सिर्जनात्मक लेखन तालिम, अनुवाद कार्य र प्रकाशनमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यपत्रमाथि भएको छलफलमा सहभागी साहित्यकार, शोधकर्ता र विज्ञहरूले मातृभाषा साहित्यको गुणस्तर अभिवृद्धि, लेखक उत्पादन, पुस्तक प्रकाशनमा सहज पहुँच र राज्यस्तरबाट दीर्घकालीन नीतिगत सहयोग आवश्यक रहेको सुझाव दिएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


