Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मातृभाषा साहित्य संवादमा विपिन शेरचनको थकाली कविता गुञ्जायमान


ग्लोबल पाना
शुक्रबार, साउन ३० २०८२
  • 191
    SHARES

  • images
    मातृभाषा साहित्य संवादमा विपिन शेरचनको थकाली कविता गुञ्जायमान

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्य संवाद श्रृंखला’को २५औँ संस्करणमा कवि विपिन शेरचनले थकाली भाषामा कविता वाचन गर्दै कार्यक्रमलाई विशेष बनाएका छन् । देवकोटा सभाकक्षमा सम्पन्न ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रममा शेरचनको सशक्त कविताले मातृभाषा साहित्यको सौन्दर्य र पहिचानलाई प्रभावकारी रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन् ।

    images
    images
    images

    थकाली भाषामा वाचन गरिएको कविताले भाषा, संस्कृति र समुदायको मौलिक भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै कार्यक्रममा उपस्थित साहित्यप्रेमी, शोधकर्ता र लेखकहरूले प्रशंसा व्यक्त गरे । शेरचनको कविताले लोपोन्मुख भाषाहरूको संरक्षणमा सर्जकहरूको भूमिकालाई पुनः स्मरण गराएको धारणा व्यक्त गरिएको थियो ।

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, विभाग प्रमुख राजन मुकारुङ, प्राज्ञ परिषद् सदस्यहरू, मातृभाषा साहित्यका विज्ञ, लेखक, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कुलपति भुपाल राईले मातृभाषा साहित्य पहिचानको आधार भएको उल्लेख गर्दै यस्ता सृजनात्मक प्रस्तुतीले भाषिक विविधताको संरक्षणमा टेवा पुग्ने बताए ।

    कार्यक्रममा बान्तावा, लोहारुङ र थकाली भाषाका कविताहरू वाचन गरिए पनि विपिन शेरचनको थकाली कविता वाचनले दर्शकको विशेष ध्यान खिच्न सफल भएको थियो ।

    अन्त्यमा विभाग प्रमुख राजन मुकारुङले मातृभाषामा सिर्जना गर्ने सर्जकहरूलाई निरन्तर प्रोत्साहन गरिने बताउँदै यस्ता कार्यक्रमले मातृभाषा साहित्यलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ