Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विनिता ताजपुरियाको कविता वाचनमा मातृभाषा साहित्य श्रृङ्खलाको रौनक


ग्लोबल पाना
शुक्रबार, असोज ३१ २०८२
  • 143
    SHARES

  • images
    विनिता ताजपुरियाको कविता वाचनमा मातृभाषा साहित्य श्रृङ्खलाको रौनक

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले आयोजना गरेको २७औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रम शुक्रबार देवकोटा सभाहल, काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा मातृभाषाको संरक्षण र प्रवर्द्धनमा कविताको भूमिका झल्किएको थियो ।

    images
    images
    images

    विशेषत: ताजपुरिया भाषाकी कवि विनिता ताजपुरियाले आफ्ना कविता वाचन गर्दै ताजपुरिया भाषाको सौन्दर्य र विविधतालाई प्रस्तुत गरेकी थिइन् । उनका कविताले कार्यक्रममा उपस्थित साहित्यकार, प्राज्ञ तथा सरोकारवालाहरूलाई अत्यन्त प्रभावित तुल्याएको थियो । उनका शब्दहरूले मातृभाषाको मौलिकता र सांस्कृतिक पहिचानलाई उजागर गरेका थिए ।

    कार्यक्रममा अन्य मातृभाषा कविहरू शान्ता नाछिरिङ (नाछिरिङ भाषा) र सञ्चिता दुरा (दुरा भाषा) ले पनि कविता वाचन गरेका थिए भने जीतन्द्रसिं दुनुवार (दुनुवार भाषा) र ऐलेन ठुले (लोहोरुङ भाषा) ले मातृभाषा साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ