Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस महामन्त्री थापा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डे बीच छलफल


ग्लोबल पाना
बुधबार, पुस २ २०८२
  • 288
    SHARES

  • images
    कांग्रेस महामन्त्री थापा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डे  बीच छलफल

    काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे बीच शिष्टाचार भेटघाट तथा औपचारिक छलफल सम्पन्न भएको छ । उक्त भेटघाटका क्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशन, नेपाली जनसम्पर्क समिति भारतको १०औँ अधिवेशन तथा समितिको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ), साथै २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र २०८२ मंसिर मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्ने अन्तिम म्याद सम्बन्धी विषयमा विशेष छलफल भएको थियो ।

    images
    images
    images

    सो अवधिमा भारतस्थित विभिन्न क्षेत्र तथा शाखाहरूबाट क्रियाशील सदस्यता वितरणका लागि थप समय आवश्यक परेको विषयमा लिखित तथा मौखिक अनुरोधहरू प्राप्त भएकाले, समय थप गर्नुपर्ने विषयमा समितिको तर्फबाट औपचारिक प्रस्ताव प्रस्तुत गरिएको छ ।

    साथै, मागको आधारमा नयाँ क्रियाशील सदस्यता प्राप्ति सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको छ । यसका अतिरिक्त, नेपाली जनसम्पर्क समिति भारतको वर्तमान संगठनात्मक अवस्था, प्रवासमा रहेका नेपालीहरूको भूमिका तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्दर्भमा विकसित समसामयिक राजनीतिक परिस्थितिबारे पनि गम्भीर र सकारात्मक विचार–विमर्श सम्पन्न भएको छ ।

    उक्त छलफललाई नेपाली कांग्रेसका महामन्त्री थापाले सकारात्मक रूपमा ग्रहण गर्नु भएको र आवश्यक समन्वय तथा निर्णय प्रक्रियामा अघि बढाइने विश्वास व्यक्त गर्नु भएको नेपाली जनसम्पर्क समिति भारतका प्रवक्ता उमेर काफ्लेले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ