काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा २९औँ शृङ्खलाको ‘मातृभाषा साहित्य (सिर्जना र विमर्श)’ कार्यक्रम सम्पन्न भएको छ । ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मातृभाषा साहित्यको सिर्जना, विमर्श र प्रवर्द्धनबारे गहन छलफल गरिएको थियो ।
कार्यक्रममा रमा कुमाल (कुमाल) र प्रदीप कुडुङ (कुडुङ) ले प्रस्तुति राखेका थिए । साथै तीन भाषाका कविता वाचन अन्तर्गत आशा जिमी (याक्खा), मोटक जिरेन (जिरेल) र विद्या बराम (बराम) ले आ–आफ्ना मातृभाषामा कविता वाचन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए । मातृभाषा साहित्यले पहिचान, संस्कृति र ज्ञानको संरक्षणमा खेल्ने भूमिकाबारे वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रममा सहभागी साहित्यकारहरूले मातृभाषामा सिर्जना र अध्ययनलाई निरन्तरता दिन राज्यस्तरबाट थप पहल आवश्यक रहेको बताए । कार्यक्रम पुस ४ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


