Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मानव पुँजी पलायन रोक्न वडा स्तरबाट काम गरिरहेका छौं : वडाध्यक्ष महर्जन


ग्लोबल पाना
आइतबार, पुस ६ २०८२
  • 371
    SHARES

  • images
    मानव पुँजी पलायन रोक्न वडा स्तरबाट काम गरिरहेका छौं : वडाध्यक्ष महर्जन

    काठमाडौं । मानव पुँजी पलायन, विद्यमान अवस्थाको डर लाग्ने समस्या भएको बताउँदै काठमाडौँ महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक एवं वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले, वडा स्तरबाट गर्न सकिने रोकथामका प्रयास जारी राखिएको बताउनुभएको छ ।

    images
    images
    images

    २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण छात्रछात्रा तथा विविध सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘अवसरको उचित वितरणसँगै युवाहरुमा आफ्नै ठाउँका सम्भावना देखाउनुपर्छ । हुन्छ र सकिन्छ भन्ने भाव बोध गराउनु पर्छ । यसका लागि नागरिकसँग सरकारको सम्बन्ध नजिक हुनुपर्छ । सरकारले नागरिकलाई केही गर्न प्रोत्साहित गरिरहनु पर्छ ।’

    सम्मान कार्यक्रमसँग मानव पूँजी पलायन रोकथामको सम्बन्ध देखाउँदै उहाँले भन्नुभयो, ‘स्वतःस्फूर्त विभिन्न क्षेत्रका सम्भावनाहरुमा काम गरिरहेका व्यक्तित्वहरुलाई प्रयासको निरन्तरतामा प्रोत्साहित गर्न, नवयुवाहरुलाई स्थानीय स्तरका सम्भावना खोजेर वृहत बनाउँदै समृद्धिको यात्रामा लाग्नका लागि सम्मानबाट प्रेरित गर्न खोजेका हौँ ।’

    कार्यक्रममा दिगुख्य गुथिका अध्यक्ष एवं अनलिमिटेडका प्रमुख कार्यकारी एलेन वैलोचन तुलाधरले, हरेक व्यक्तिलाई जीवनभर केही न केही सिकिरहने अवसर भएको बताउँदै यसरी सिक्ने बानीले जहाँ पनि सहज जीवनयापन गर्न सक्ने क्षमता प्राप्त हुने धारणा राख्नुभयो । कार्यक्रममा खेल, सामाजिक तथा अन्य विविध क्षेत्रबाट वडाको गौरव बढाउन योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    यसरी सम्मानित हुने व्यक्तित्वहरुमा शारीरिक सुगठनका प्रतिस्पर्धा क्षेत्रबाट कृष्णसिंह शाही, मोर्डल पेन्टाथलन खेलाडी सोयवमान श्रेष्ठ, फिलिपिन्समा सम्पन्न अन्तरराष्ट्रिय रनवे मोडलको तेस्रो संस्करणका सेकेण्ड वेस्ट रनवे मोडल युनिभर्स रोनिस खड्गी हुनुहुन्छ । उहाँहरुलाई जनही १० हजार नगदसहित सम्मानित गरिएको हो ।

    यस्तै भदौ २४ गतेको आन्दोलनका क्रममा नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भवनमा आगो लाग्नबाट बचाएर स्थानीय बस्ती जोगाउने १५ जना स्थानीय युवालाई सम्मानित गरिएको थियो । एसईई उत्तीर्ण गर्ने ४० जनालाई सम्मानित गरिएको थियो ।

    यसमा उत्कृष्ट अङ्क ल्याउने पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपियाँ नगदसहित सम्मान प्रदान गरियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ