Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महामारीदेखि प्रहरी स्वास्थ्यसम्म: राजन थापाको निरन्तर सामाजिक अभियान


ग्लोबल पाना
बुधबार, पुस ९ २०८२
  • 655
    SHARES

  • images
    महामारीदेखि प्रहरी स्वास्थ्यसम्म: राजन थापाको निरन्तर सामाजिक अभियान

    काठमाडौं । पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा पछिल्ला वर्षहरूमा नेपालमा स्वास्थ्य सेवा, मानवीय उत्तरदायित्व र जनहितका अभियानका पर्यायजस्तै बनेका छन्। कोभिड–१९ महामारीको चरम संकटदेखि हालसम्म आइपुग्दा उनले गरेका सामाजिक कार्यका कारण ‘थापाको सामाजिक काम खेर जाँदैन’ भन्ने भनाइ समाजमा स्थापित हुँदै गएको छ। कोभिड–१९ महामारीका बेला नेपालले भोगेको सबैभन्दा गम्भीर संकटमध्ये एक थियो—शव व्यवस्थापन। मृतकको संख्या अत्यधिक बढेपछि देशभरका क्रेमेटोरियमहरूको क्षमता सीमित भयो।

    images
    images
    images

    पशुपति आर्यघाटमा इलेक्ट्रिक क्रेमेटोरियम बिग्रिनु, दाहसंस्कारका लागि आवश्यक काठ र जनशक्तिको अभाव, र दैनिक ठूलो संख्यामा शव आउनुजस्ता कारणले शव व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्यो। यसै सन्दर्भमा विभिन्न सञ्चारमाध्यमले खुला मैदानमा दाहसंस्कार गरिएका घटनाहरू रिपोर्ट गरे। तर सबै शवहरू “बेवारिसे रूपमा छाडिएका” भन्ने दाबीमा भने पूर्ण एकरूप प्रमाण नदेखिएको तथ्य पनि उजागर भयो।

    यो अवस्था नियोजित लापरबाहीभन्दा बढी स्रोत–साधनको अभाव र व्यवस्थापन संकट का कारण सिर्जना भएको थियो। यही कठिन समयका बीच राजन थापा स्वयं मानवीय सेवामा अग्रपंक्तिमा उभिए। विभिन्न रिपोर्टअनुसार उनले आफ्नै खर्च र पहलमा १०६ शवको अन्त्येष्टि व्यवस्थापन गरेका थिए। जोखिम, भय र अनिश्चितताको वातावरणमा पनि मृतकको गरिमा र मानव अधिकार जोगाउन गरिएको यो पहलले उनलाई सामाजिक अभियन्ताको रूपमा थप चिनायो। महामारीपछि पनि थापाको सक्रियता रोकिएको छैन।

    उनले स्वास्थ्य सेवालाई केन्द्रमा राख्दै पछिल्लो एक वर्षमै ७९ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। ओम् समाज डेन्टल अस्पताल, Isan Women and Children’s Hospital, Stupa Hospital, Green City Hospital, BP स्मृति अस्पताल लगायतका स्वास्थ्य संस्थासँग सहकार्य गर्दै उनले काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालय, सडक, बस्ती, मन्दिर तथा सामुदायिक स्थानमा स्वास्थ्य सेवा पुर्‍याएका छन्।

    यी शिविरमार्फत दन्त परीक्षण, सामान्य स्वास्थ्य जाँच, औषधि वितरण र परामर्श सेवा दिइएको छ, जसबाट हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। हाल उनी पशुपति क्षेत्रको धार्मिक महायज्ञ परिसरमा एक महिना लामो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। धार्मिक गतिविधिमा सहभागी वृद्धवृद्धा, साधु–सन्त र सर्वसाधारणलाई लक्षित यस शिविरले धर्म, सेवा र स्वास्थ्यलाई एकै थलोमा जोडेको छ।

    अब थापा अर्को महत्वपूर्ण तयारीमा जुटेका छन्। उनले काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत नेपाल प्रहरीका लागि निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाएका छन्। विभिन्न स्वास्थ्य संस्थासँगको सहकार्यमा प्रहरीहरूको नियमित स्वास्थ्य परीक्षण, दन्त सेवा र परामर्श प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ। शान्ति–सुरक्षामा खटिने प्रहरी स्वयं स्वास्थ्य समस्याबाट ग्रस्त हुँदा पनि उपचारमा समय निकाल्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो पहल गर्न लागिएको हो। थापा ओम् समाज डेन्टल अस्पतालका बोर्ड सदस्यसमेत हुन्।

    उनी पत्रकारितालाई केवल समाचार लेख्ने पेशा नभई सामाजिक हस्तक्षेपको माध्यम मान्छन्। उनले डोक्युमेन्टरी, तथ्य–आधारित रिपोर्टिङ र जनकथामार्फत समाजका विकृति, असमानता र स्वास्थ्य समस्यालाई उजागर गर्दै आएका छन्। यही योगदानको कदरस्वरूप उनी ‘Outstanding Youth Journalism Award 2025’ बाट सम्मानित भइसकेका छन्।

    थापा भन्छन्, “ठूलो संस्था वा दर्ता नामभन्दा ठूलो कुरा मानवता हो। जहाँ पीडा छ, त्यहाँ पुग्नु नै मेरो जिम्मेवारी हो।” उनको यही सोच, निरन्तरता र परिणाममुखी कामका कारण आज धेरैले निर्धक्कसँग भन्छन्—राजन थापाको सामाजिक काम कहिल्यै खेर जाँदैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ