Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली, दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास


ग्लोबल पाना
बुधबार, पुस ९ २०८२
  • 1,306
    SHARES

  • images
    समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली, दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास

    ✍️राजन थापा

    images
    images
    images

    बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ साधारणसभा तथा निर्वाचनमा समग्र सहकारी अभियानको तर्फबाट सागरनाथ कपाली उपाध्यक्ष पदका उम्मेदवार रहनु भएको छ। विगत दुई दशकभन्दा लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहँदै आउनु भएका कपालीले नीति, विधि र सहकारी मूल्य–मान्यताका आधारमा काम गर्दै आएको सहकारीकर्मीहरू बताउँछन्।

    पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राख्ने कार्यशैलीका कारण कपाली सहकारी क्षेत्रका विश्वासिला र लोकप्रिय अभियन्ताका रूपमा चिनिनु भएको छ। सहकारी संस्थाहरूलाई व्यवस्थित, उत्तरदायी र दीगो बनाउने स्पष्ट दृष्टिकोण बोकेका कपालीलाई सहकारीकर्मीहरूको रोजाइमा पर्नु स्वाभाविक रहेको विश्लेषण गरिएको छ। अनुभव, इमानदारी र समन्वय क्षमताका कारण उहाँलाई उपाध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा हेरिएको छ।

    समग्र सहकारी अभियानलाई थप सशक्त बनाउने अठोटसहित अघि बढ्नुभएको कपालीलाई अत्यधिक बहुमतसहित विजयी गराउन सहकारी क्षेत्रबाट सकारात्मक समर्थन बढ्दै गएको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ