Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन फेसियल हाउसले उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर


ग्लोबल पाना
शुक्रबार, पुस ११ २०८२
  • 380
    SHARES

  • images
    रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन फेसियल हाउसले उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर

    काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले रोजगारी सृजना र महिलाहरूलाई आत्मनिर्भर अनि स्वरोजगार बनाउने सन्दर्भमा उदाहरणीय काम गरेको बताएकी छिन् । त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा बिहीबार आयोजित फेसियल हाउसको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको, ब्युटी एकेडेमीमार्फत थुप्रै महिला दिदीबहिनीहरूलाई सिप सिकाएर दक्ष बनाउँदै स्वरोजगार बनाएको चर्चा गर्दै उक्त कार्यहरू उदाहरणीय भएको बताएकी हुन् ।

    images
    images
    images

    ‘करिब दुई दशक लामो समयदेखि यो क्षेत्रमा काम गर्नु निकै उल्लेखनीय काम हो,’ उपसभामुख रानामगरले भनिन्, ‘२०० जना भन्दा बढीलाई रोजगारी दिनु भनेको सरकारलाई पनि राहत पुर्‍याउनु हो, यस्तै उदाहरणीय काम गर्न सबैले प्रयास गर्नुपर्छ ।’ सौन्दर्य व्यवसायले महिलाहरूको अनुहारको मात्र नभइ उनीहरूको जीवनको हरेक कुरालाई स्मार्ट बनाइरहेको उनको भनाइ छ । उनले फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा एउटा राम्रो बिजनेश प्लानर भएको पनि बताइन् ।

    आफ्ना कर्मचारीहरूलाई उत्प्रेरित गर्न नगदसहितका अवार्डहरू प्रदान गरेकामा ‘सुनमा सुगन्ध’ थप्ने काम गरेको उल्लेख गरिन । उनले मुलुकमै रोजगार र स्वरोजगार सृजना गरी कम्तिमा महिलाहरूलाई विदेश जानबाट रोक्नुपर्नेमा पनि जोड दिइन् । अहिले पनि एउटा भनेर अर्कै देशमा पुर्‍याएर महिलाहरूलाई बिचल्ली पारिरहेको चर्चा गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ